News Category 2080/06/25
प्रअको सरुवा गरेको बिरोधमा विद्यार्थीहरुद्वारा विद्यालय र पालिकामा तालाबन्दी
— दरबन्दी नै खारेज गरि द्वितिय श्रेणीका शिक्षकलाई सरुवा गरेर तृतिय श्रेणीका शिक्षकलाई प्रअ बनाउने प्र्रपञ्च
— द्वितिय श्रेणीको विद्यालयका निमित्त प्रधानाध्यापक रबिन्द्र साहलाई दरबन्दी समेत खारेज गरेर प्रस्तावित जनता मावि बेल्ही चपेनामा सरुवा
— द्वितीय श्रेणीका शिक्षकलाई हटाएर तृतिय श्रेणीका शिक्षकलाई प्रअको जिम्मेवारी दिन खोज्नु अन्यायसँगै अनियमितता लुकाउन खोजेको विद्यालयका जग्गादाता मध्येका एक रामचन्द्र यादवको आरोप
दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
दरबन्दी नै खारेज गरि द्वितिय श्रेणीका शिक्षकलाई सरुवा गरेर तृतिय श्रेणीका शिक्षकलाई प्रधानाध्यापक बनाउन खोजेको भन्दै विद्यार्थीहरुले बिहीबार सप्तरीको एक विद्यालय र पालिकामा तालाबन्दी गरेका छन् ।
सप्तरीको राजगढ गाउँपालिकास्थित श्री जनता शंकर माध्यमिक विद्यालयका विद्यार्थीहरुले गाउँपालिका र विद्यालयमा तालाबन्दी गरेका हुन् ।
माथिल्लो तहका प्रधानाध्यापकलाई पूर्वाग्रही भई सरुवा गरेको बिरोधमा आन्दोलनमा उत्रेका विद्यार्थीहरुले बिहान विद्यालय खुल्नासाथ चर्को नाराबाजी गर्दै पालैपालो विद्यालय र गाउँपालिकामा तालाबन्दी गरे ।
द्वितिय श्रेणीको विद्यालयका निमित्त प्रधानाध्यापक रबिन्द्र साहलाई दरबन्दी समेत खारेज गरेर प्रस्तावित जनता मावि बेल्ही चपेनामा सरुवा गरेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । खारेज गरिएको दरबन्दी कायम हुनु पर्ने र साहको सरुवा बदर हुनुपर्ने आन्दोलनमा उत्रेका विद्यार्थीहरुको मुख्य माग छ ।
उनीहरुले पूर्वाग्रही ढंगले तथा आफ्नो अनुकुल मान्छेलाई प्रधानाध्यापक बनाउने मनसायले विद्यालय व्यवस्थापन समिति तथा गाउँपालिकाको मिलोमतोमा जबरजस्ती प्रस्तावित विद्यालयमा निमित्त प्रख साहलाई सरुवा गरेको आरोप लगाएका छन् ।
तृतिय श्रेणीमा रहेका पूर्व निमित्त प्रअ नारायण यादवलाई निमित्त प्रअ बनाउने योजनामा विद्यालय व्यवस्थापन समिति र गाउँपालिका समेत लागेपछि आफूहरुको पढाई चौपट हुने भन्दै तालाबन्दीमा उत्रेको विद्यार्थीहरुको भनाई छ ।
तृतिय श्रेणीका यादवले यसअघि निमित्त प्रअको रुपमा काम गर्दै आएकोमा द्वितीय श्रेणी भएको नाताले आफूले प्रअको जिम्मेवारी पाउनु पर्ने माग गर्दै आएका साहले जिम्मेवारी नपाएपछि विगतमा अदालतमा मुद्दा हालेका थिए । उच्च अदालत जनकपुर–राजविराज इजलाशले उनकै पक्षमै फैसला गरेपछि गाउँपालिका निर्णय गरेर साहलाई निमित्त प्रअको जिम्मेवारी दिन बाध्य भएका थिए ।
अदालतको आदेश अनुसार उनी निमित्त प्रअको जिम्मेवारीमा आएपनि यादवले बरबुझारत नगरि काममा असहयोग गर्दै आएको र पछिल्लो पटक गाउँपालिका र व्यवस्थापन समिति समेतलाई मिलाएर आफ्नो दरबन्दी नै खारेज गरि सरुवा पत्र थमाइदिएको निमित्त प्रअ साहको गुनासो छ ।
विद्यालयका जग्गादाता मध्येका एक रामचन्द्र यादवले पनि द्वितीय श्रेणीका शिक्षकलाई हटाएर तृतिय श्रेणीका शिक्षकलाई प्रअको जिम्मेवारी दिन खोज्नु अन्यायसँगै अनियमितता लुकाउने खेल भएको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ