News Category 2080/06/27
कोशी पीडित समाजको २०औं साधारण सभा सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २६ असोज ।
दिगो समाजिक बिकासका लागि बिपत उत्थानशिलता क्षेत्रमा कार्य गर्दै आएको कोशी पीडित समाजले २०औ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ ।
राजबिराजमा आयोजित सभामा संस्थाका सुकदेव चौधरीले जिल्ला बाढी, बिपतवाट प्रभाबित क्षेत्र हनुमाननगर कंकालनी नगरपालिका, सप्तकोशी, कंचनरूप नगरपालिका, तिलाठीकोईलाडी गाउपालिका सहित पालिकाहरूमा बिपत ब्यबस्था प्रतिकार्य, जोखिम न्युनिकरण, खोज उद्वार क्षेत्रमा तथा स्वरोजगार र उधमशिलताका लागि कार्य गर्दै आएको बार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
संस्थाले बाढी प्रभाबित क्षेत्रका स्थानियवासीहरूलाई स्वरोजगार गरी आयआर्जन गर्न कृषकहरूलाई बिउबिजन, कृषि तालिम, सिचाई ब्यबस्थापनमा सहयोग गरेपछि तरकारी खेती तर्फ आक्रसित हुँदै गएको संस्थाका निर्देशक देव नारायण यादबले जानकारी दिए ।
बार्षिक साधारण सभामा मधेश प्रदेश सरकारका अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंह, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव, राजबिराज वडा ३ का सदस्य बिरेन्द्र कुमार साह, समाजसेवी देवनारायण यादब, दाजुभाई ईट्टा ब्यवसायी राजकुमार चौधरी, हनुमानगर नगरपालिका १ का कृषक रामकुमार यादब, शिव बहादुर सुवेदी, नागरिक मंचका संयोजक रामचन्द्र खंग, पत्रकार चन्दन यादब लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
सप्तरी कार्यक्षेत्र बनाउदै समुन्नत समाजको परिकल्पना गर्दै बहुआयमिक क्षेत्रमा संस्था विगत २० वर्षदेखी निरन्तर क्रियाशिल रहदै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ