News Category 2080/06/27
बीच सडकमै लाग्ने हाट बजार हटाइयो

दैनिक समाचारदाता
राजविराज, २६ असोज ।
राजविराजस्थित अतिव्यस्त हुलाकी सडक खण्ड अन्तरगत अदालत रोडमा लाग्ने हाट बजार शुक्रबारदेखी कर्मचारी मिलन केन्द्रको परिसरमा सारिएको छ ।
सडकमा हाट बजार नलगाउन विगत दुई महिनादेखी नगरपालिकाबाट मौखिक रुपमा आग्रह गरिएपनि सो आग्रहलाई व्यापारीहरुले वेवास्ता गर्दै आइरहेका थिए ।
शुक्रबार उनीहरुलाई नगरपालिका सरसफाई कर्मचारी र नगर प्रहरीको संयुक्त टोलीको प्रयासमा सडक छेउमै रहेको कर्मचारी मिलन केन्द्रको परिसरमा सारिएको नगरपालिकाका सरसफाई इन्चार्ज रामकुमार यादवले जानकारी दिएका छन् ।
“नगर भित्रकै सडक मध्ये अति व्यस्त यस सडकको छेउमा तरकारी बिक्रि गर्ने व्यापारी र खरीद गर्ने उपभोक्ताको निकै भिड लाग्ने गरेको हुन्छ । जसकारण यातायातका साधनहरुको आवतजावतमा निकै कठिनाई भइरहेको थियो ।” उनले भने, “सडक जाम हुँदा दुर्घटनाको सम्भावना समेत बढेको र चौतर्फि गुनासो आएपछि नगरपालिकाको निर्णय अनुसार सडक खुल्ला गर्न हटिया सारिएको हो ।”
विगतमा यस सडक खण्डमा पशु हाट लाग्ने गथ्र्यो । हुलाकी मार्ग निर्माणपछि बीच सडकमै तरकारी बजार लाग्दा दुर्घटनाको सम्भावना समेत बढ्दै गएको हो । मालपोत कार्यालय, दुई वटा अदालत, जिल्ला प्रशासन कार्यालय लगायतका सरकारी कार्यालय रहेको यस स्थानमा सेवाग्राहीका साथै यातायातका साधनहरुको बढी चाप हुनेगर्छ ।
हाल राजविराज हटिया पुर्ननिर्माणको क्रममा रहेकोले विगत तीन वर्षदेखी हटिया बजार अतिव्यस्त अदालत रोडमै लाग्ने गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/21 प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
- 2082/04/21 लोहोरोको प्रहारबाट रुपनी गम्भिर घाईते
- 2082/04/20 संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
- 2082/04/20 जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
- 2082/04/20 राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
- 2082/04/19 कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
- 2082/04/19 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
- 2082/04/19 मिडिया काउन्सीलद्वारा सुझाव संकलन
- 2082/04/18 जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
- 2082/04/18 करेन्ट लागेर यूवकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ