News Category 2080/06/27
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको २३ बुँदे विशेष सुरक्षा योजना
राजविराज÷चाड पर्वलाई लक्षित गरि सप्तरी प्रहरीले २३ बुँदे विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।
विशेष सुरक्षा योजनामा सूचना पाएको ५ देखी ७ मिनेट भित्र प्रहरी घटनास्थलमा पुग्ने, प्रमुख चौक र सीमानाकामा निगरानी बढाउने, यात्रु सहायता कक्षको स्थापना गर्ने र पैदल, साइकल, मोटरसाइकलबाट समेत २४ सै घण्टा गस्ती गर्ने लगायतका २३ बुँदे योजना समेटिएको छ ।
प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्यले जिल्ला भर सादा पोशाकमा समेत गरि ६ सय ९० प्रहरी जनशक्ति परिचालन हुने जानकारी दिदै चाडपर्वका समयमा अरु बेला भन्दा बढी भिडभाड र आर्थिक कारोवार हुने भएकाले सुरक्षा व्यवस्थापन पनि त्यही अनुसार गर्न आवश्यक भएकाले २३ बुँदे सुरक्षा योजना बनाइएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले चाडपर्वमा यात्रुको आवागमन बढी हुँदा सार्वजनिक सवारीको भाडामा ठगिने, भिडभाडको मौका छोपेर लुटपाट, चोरी÷डकौती हुने, मादक पदार्थको सेवन गरि सवारी चलाउने जस्ता गतिविधी नियन्त्रणका लागि प्रत्येक बस, माइक्रो, टेमपु लगायतका स्टेन्डमा यात्रु सहायता कक्ष स्थापना गरि सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिए ।
२३ बुँदे विशेष सुरक्षा योजनामा सवारी व्यवस्थापन, मदिरा नियन्त्रण, हेल्प डेस्कको स्थापना, मेला तथा धार्मिक स्थलमा निगरानी, बजार अनुगमन तथा सुरक्षा वयवस्थाका लागि रिजर्भ र स्टेन्डबाय टोलीको परिचालन लगायतका योजना समेटिएको उनको भनाई छ ।
जिल्लाको ग्रामिण भेगमा समेत शान्ति सुरक्षाको प्रत्याभूती दिन विशेष सुरक्षा योजनामा विभिन्न योजना समेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ