News Category 2080/06/27
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको २३ बुँदे विशेष सुरक्षा योजना
राजविराज÷चाड पर्वलाई लक्षित गरि सप्तरी प्रहरीले २३ बुँदे विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।
विशेष सुरक्षा योजनामा सूचना पाएको ५ देखी ७ मिनेट भित्र प्रहरी घटनास्थलमा पुग्ने, प्रमुख चौक र सीमानाकामा निगरानी बढाउने, यात्रु सहायता कक्षको स्थापना गर्ने र पैदल, साइकल, मोटरसाइकलबाट समेत २४ सै घण्टा गस्ती गर्ने लगायतका २३ बुँदे योजना समेटिएको छ ।
प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्यले जिल्ला भर सादा पोशाकमा समेत गरि ६ सय ९० प्रहरी जनशक्ति परिचालन हुने जानकारी दिदै चाडपर्वका समयमा अरु बेला भन्दा बढी भिडभाड र आर्थिक कारोवार हुने भएकाले सुरक्षा व्यवस्थापन पनि त्यही अनुसार गर्न आवश्यक भएकाले २३ बुँदे सुरक्षा योजना बनाइएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले चाडपर्वमा यात्रुको आवागमन बढी हुँदा सार्वजनिक सवारीको भाडामा ठगिने, भिडभाडको मौका छोपेर लुटपाट, चोरी÷डकौती हुने, मादक पदार्थको सेवन गरि सवारी चलाउने जस्ता गतिविधी नियन्त्रणका लागि प्रत्येक बस, माइक्रो, टेमपु लगायतका स्टेन्डमा यात्रु सहायता कक्ष स्थापना गरि सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिए ।
२३ बुँदे विशेष सुरक्षा योजनामा सवारी व्यवस्थापन, मदिरा नियन्त्रण, हेल्प डेस्कको स्थापना, मेला तथा धार्मिक स्थलमा निगरानी, बजार अनुगमन तथा सुरक्षा वयवस्थाका लागि रिजर्भ र स्टेन्डबाय टोलीको परिचालन लगायतका योजना समेटिएको उनको भनाई छ ।
जिल्लाको ग्रामिण भेगमा समेत शान्ति सुरक्षाको प्रत्याभूती दिन विशेष सुरक्षा योजनामा विभिन्न योजना समेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ