News Category 2080/06/28
जनज्योतीमा पुनः मण्डल सर्वसम्मत
दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
जनज्योति कृषि सहकारी संस्था राजविराज ९ मलेठको शनिबार सम्पन्न १२औं वार्षिक साधारण सभाबाट विश्वनाथ मण्डलको अध्यक्षतमा नयाँ संचालक समिति सर्वसम्मतीबाट चयन भएको छ ।
सम्पन्न संस्थाको बार्षिक साधारण सभा तथा चौथो अधिवेशनको बन्द सत्रबाट पुनः अध्यक्षमा मण्डल सहित नयाँ संचालक समिति चयन भएको हो ।
समितिको संचालक सदस्यहरूमा डम्बरनारायण यादव, मनोज यादव, सुरेन्द्र यादव, सागरनन्द वर्मा, शान्तिदेवी यादव र मो. हुसेन चयन भएका छन् ।
त्यसैगरी संस्थाको लेखा समिति संयोजकमा बलराम यादव तथा सदस्यहरूमा विजय मेहता र श्याम दास निर्विरोध निर्वाचित भएका हुन् । संस्थाको साधारण सभामा १९ जना शेयर सदस्यलाई विभिन्न विधामा सम्मान गरिएको छ ।
यसअघि सम्पन्न साधारण सभामा अध्यक्ष मण्डलले अध्यक्षीय प्रतिवेदन पेश गर्दै संस्थामा ५ सय ५३ महिला र ७ सय २७ पुरुष गरि कुल १ हजार २ सय ८० शेयर सदस्यबाट २ करोड ५० लाख २५ हजार ४ सय शेयर पूँजी रहेको जानकारी दिए ।
संस्थाका कोषध्यक्ष मनोज कुमार यादवद्वारा प्रस्तुत कोषाध्यक्षीय प्रतिवेदनमा संस्थाको कूल सम्पत्ति २० करोड ६३ लाख ४५ हजार ६३ रुँपैया, ऋण लगनी १४ करोड ९७ लाख ७४ हजार १ सय ९६ रुँपैया ७२ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्था जिल्ला सहकारी संघ लि.सप्तरी, जिल्ला कृषि सहकारी संघ लि.सप्तरी, राष्ट्रिय सहकारी बैँक काठमाडौँ, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. काठमाडौँ, कृषि सामग्री कम्पनि र साल्ट टे«डिङ कर्पोरेशनसँग आवद्धता रहेको संस्थाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ