News Category 2080/06/30
ऐतिहासिक परिवर्तनका बावजुद ठूला तीन दलका कारण जनता निराशा ः नागरिक अगुवा ढुङ्गाना
दैनिक समाचारदाता
राजविराज, ३० असोज ।
पूर्वसभामुख दमननाथ ढुंगानाले मुलुकमा आएको ऐतिहासिक परिवर्तनका बावजुद ठूला तीन दलका कारण जनता निराशा हुन परेको बताएका छन् ।
राजविराजमा मंगलवार आयोजित अन्र्तक्रियामा बोल्दै उनले नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका कारण जनता निरास हुनु परेको बताएका हुन् ।
राजनीतिक दलहरु मुलुकमा हाल विद्यमान समस्या समाधान भन्दा पनि मिशन ८४ अघि सारेर आगामी चुनावको तयारीमा जुटेको भन्दै उनले काँग्रेस, एमाले, माओवादी लगायतका ठुला दलले कार्यशैलीमा सुधार ल्याउनु पर्ने बताए ।
तीन ठूला दलले जनताका साथ गरिएको बाचा पुरा गर्न नसकेको बताउँदै उनले तीन दलको जनताले आफै विकल्प खोज्ने समय आईसकेको समेत उल्लेख गरे ।
नागरिक अगुवा समेत रहेका ढुंगानाले मुलुकमा भ्रष्टाचार बढेको, राष्ट्रिय सम्पती नेताको स्वार्थमा खर्च हुने गरेको बताउँदै परिवर्तनकारी दलहरु नै जिम्मेवार बन्न नसक्दा जनतामा निराशा बढेको टिप्पणी गरे ।
मुलुकमा विभिन्न चरणका आन्दोलनले जनतामा आशा जगाउने काम गरेता पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा वर्तमान व्यवस्था प्रति नै जनतामा निराशा बढेको उनको भनाई छ । जनताको समस्या भन्दा पनि आफ्नो स्वार्थपूर्ती तर्फ लाग्नाले राजनीतिक दलहरु मुनाफाखोर कम्पनी जस्ता बन्न थालेको उनले टिप्पणी गरे ।
आठ वर्ष लगाएर बनाइएको संविधानले संघियता, गणतन्त्र, समावेशिता जस्ता कुराको ग्यारेन्टी गरेपनि त्यसको सहि पालना हुन नसक्दा वर्तमान व्यवस्थाप्रति असन्तुष्टी बढन थालेको उनको कथन छ ।
मुलुकमा बढ्दो जनअसन्तुष्टी गणतन्त्रका विरुद्ध बढदै गएपनि त्यो राजतन्त्रको पुर्नस्थापनाका लागी भने नरहेको उनले बताए । बर्तमान निर्वाचन प्रणाली अति खर्चिलो भएको, पार्टीका कतिपय नेताहरु नै निर्वाचनताका टिकट बेच्ने कार्यमा तल्लिन रहने गरेको भन्दै उनले संविधानमा पुनरावलोकन वा संशोधन मार्फत सुधार ल्याउन आवश्यक रहेको सुझाव दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ