News Category 2080/06/30
ऐतिहासिक परिवर्तनका बावजुद ठूला तीन दलका कारण जनता निराशा ः नागरिक अगुवा ढुङ्गाना
दैनिक समाचारदाता
राजविराज, ३० असोज ।
पूर्वसभामुख दमननाथ ढुंगानाले मुलुकमा आएको ऐतिहासिक परिवर्तनका बावजुद ठूला तीन दलका कारण जनता निराशा हुन परेको बताएका छन् ।
राजविराजमा मंगलवार आयोजित अन्र्तक्रियामा बोल्दै उनले नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका कारण जनता निरास हुनु परेको बताएका हुन् ।
राजनीतिक दलहरु मुलुकमा हाल विद्यमान समस्या समाधान भन्दा पनि मिशन ८४ अघि सारेर आगामी चुनावको तयारीमा जुटेको भन्दै उनले काँग्रेस, एमाले, माओवादी लगायतका ठुला दलले कार्यशैलीमा सुधार ल्याउनु पर्ने बताए ।
तीन ठूला दलले जनताका साथ गरिएको बाचा पुरा गर्न नसकेको बताउँदै उनले तीन दलको जनताले आफै विकल्प खोज्ने समय आईसकेको समेत उल्लेख गरे ।
नागरिक अगुवा समेत रहेका ढुंगानाले मुलुकमा भ्रष्टाचार बढेको, राष्ट्रिय सम्पती नेताको स्वार्थमा खर्च हुने गरेको बताउँदै परिवर्तनकारी दलहरु नै जिम्मेवार बन्न नसक्दा जनतामा निराशा बढेको टिप्पणी गरे ।
मुलुकमा विभिन्न चरणका आन्दोलनले जनतामा आशा जगाउने काम गरेता पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा वर्तमान व्यवस्था प्रति नै जनतामा निराशा बढेको उनको भनाई छ । जनताको समस्या भन्दा पनि आफ्नो स्वार्थपूर्ती तर्फ लाग्नाले राजनीतिक दलहरु मुनाफाखोर कम्पनी जस्ता बन्न थालेको उनले टिप्पणी गरे ।
आठ वर्ष लगाएर बनाइएको संविधानले संघियता, गणतन्त्र, समावेशिता जस्ता कुराको ग्यारेन्टी गरेपनि त्यसको सहि पालना हुन नसक्दा वर्तमान व्यवस्थाप्रति असन्तुष्टी बढन थालेको उनको कथन छ ।
मुलुकमा बढ्दो जनअसन्तुष्टी गणतन्त्रका विरुद्ध बढदै गएपनि त्यो राजतन्त्रको पुर्नस्थापनाका लागी भने नरहेको उनले बताए । बर्तमान निर्वाचन प्रणाली अति खर्चिलो भएको, पार्टीका कतिपय नेताहरु नै निर्वाचनताका टिकट बेच्ने कार्यमा तल्लिन रहने गरेको भन्दै उनले संविधानमा पुनरावलोकन वा संशोधन मार्फत सुधार ल्याउन आवश्यक रहेको सुझाव दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ