News Category 2080/07/01
रामराजा प्रतिष्ठान निर्माणका लागी दवाबमूलक प्रर्दशन
दैनिक समाचारदाता
राजविराज १, कात्तिक ।
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य सूरु नभएपछि आक्रोशित स्थानीयवासीले सुरु गरेको रिले अनशनप्रति एक्यवद्धता जनाउने क्रम बढ्दै गएको छ ।
मंगलबार जनमत पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहेका यसै क्षेत्रबाट प्रतिनिधीसभाका सदस्यमा निर्वाचित डा. सिके राउत तथा मधेश प्रदेशका शिक्षा मन्त्रि महेश प्रसाद यादव सहितको टोली अनशन स्थलमा पुगी अनशनकारीलाई भेटेर माँग पुरा गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै बुधवार अनशनप्रति एक्यबद्धता जनाउदै थप समाजिक संघ संस्था प्रर्दशनमा उत्रेका छन । क्रिएटिभ यूवा समूह तथा सप्तरी युथ नेपालको अगुवाईमा सदरमुकाम राजविराजमा अनशनकारीहरुप्रति एक्यबद्धता जनाउदै प्रर्दशन गरिएको हो ।
अलपत्र परेको प्रतिष्ठानको निर्माण कार्य अविलम्ब सूरु गर्नुपर्ने, आवश्यक बजेटको ब्यवस्था गर्नुपर्ने, प्रतिष्ठानको रिक्त रहेको पदहरु पुर्ती गर्नुपर्ने लगायतका ५ बुंदे माग राखी स्थानीयद्वारा प्रतिष्ठानको प्रस्तावित निर्माण स्थल मै विगत ६ दिन देखि अनिश्चितकालिन रिले अनशन चलिरहेको छ ।
रामराजा प्रसाद सिह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम हाल सम्म अघि बढ्न नसकेको भन्दै आक्रोशित बनेका स्थानीयवासीले गत शुक्रवारदेखी थालेको अनिश्चितकालिन रिले अनशनलाई बुधवार पनि निरन्तरता दिएका छन् ।
संर्घष समितीका संयोजक राम कुमार दासको नेतृत्वमा छेठौं दिन बुधवार पनि २४ घण्टे रिले अनशनलाई निरन्तरता दिइएको हो ।
पाँच वर्ष भित्रै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिसक्ने भनिए पनि सरकारले शिलान्यास गरेको २ वर्ष नाघि सक्दा पनि निर्माण नै सुरु नगर्दा स्थानीय आन्दोलित भएका हुन् ।
प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर निर्माण गर्ने बाहेक अरु केही काम भएको छैन । प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा चुनावी मुदा बनेको प्रतिष्ठान यतिबेला अलपत्र अवस्थामा रहेको र कसैले चासो नदेखाएपछी आन्दोलनमा उत्रिनु परेको संघर्ष समितीका संयोजक दासको भनाई छ ।
एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुष १६ गते मन्त्री परिषदको बैठकले मधेश प्रदेशको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागी २०७८ जेठ २१ गतेको मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो । जग्गाको टुङ्गो लागेपछि यही जग्गामा २०७८ असार २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुयल माध्यमबाट शिलान्यास गरेका थिए ।
प्रतिष्ठानको गजेन्द्र नारायण सिंह अस्पतालको एउटा कोठा लिएर संचालनमा ल्याइएको पुर्वाधार तयारी विकास समितीको कार्यालय अहिले बोर्डमा मात्र सिमित भएको छ । समितीका अध्यक्ष डा.रोहित पोखरेल प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेपछी अर्काे अध्यक्ष नियुक्त गरिएको छैन ।
गजेन्द्र नारायण सिंह अस्पतालका तत्कालिन मेडिकल सुपरिटेण्डेण्ट एवं प्रतिष्ठानका कार्यकारी निर्देशन डा.रञ्जित कुमार झा सरुवा भएर अन्यत्र गएपछि १ वर्ष यता कार्यकारी निर्देशकको पद समेत रिक्त छ । यस्तै प्रष्ठिानमा कार्यरत ३ जना कर्मचारीको करार म्याद सकिएपछी प्रतिष्ठान कर्मचारी विहीन बनेको छ ।
पदाधिकारी विहीन समितिको कार्यालयमा लाखौं रुपैया खर्चेर खरिद गरिएका समान थन्किएका छन् । प्रतिष्ठानको पुर्वाधार तयारी विकास समिती कार्यालयको लागि आर्थिक वर्ष २०७५÷०७६ देखि हालसम्म १६ करोड १० लाख रुपैया बजेट विनियोजन भएको छ । जस मध्ये ३ करोड १६ लाख ४७ हजार खर्च भएको छ भने १२ करोड ९३ लाख ५२ हजार रुपैया खर्च हुन नसकेर फिर्ता भएको बताइएको छ । कुल ११ अर्ब ९८ करोड रुँपैयाको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ