News Category 2080/07/01
पत्रकार साहमाथी हातपात गर्ने जनमतका कार्यकर्तालाई कारवाहीको माग
दैनिक समाचारदाता
राजविराज १, कात्तिक ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा जनमत पार्टीका कार्यकर्ताले नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य एवं रेडियो नेपालका सम्वाददाता संजिब बिक्रम साहलाई हातपात गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ सप्तरीको गम्भीर ध्यानाकृष्ट भएको छ ।
महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा डाक्नेश्वरी नगरपालिकामा बुधबार पोखरी ठेक्का सम्बन्धमा स्थानीयले गरिरहेको प्रदर्शनको रिपोर्टिङ गर्न गएका पत्रकार साहलाई जनमत पार्टीका स्थानीय कार्यकर्ताहरु अमरेन्द्र यादव र अनिल यादवले हातपात गरेको जनाइएको छ ।
प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउने राजनीतिक दलकै कार्यकर्ताबाट पत्रकार असुरक्षित हुनु दुःखद भएको उल्लेख गर्दै विज्ञप्तिमा रिपोर्टिङ गर्न गएका पत्रकारमाथि हातपात गरिएको घट्नाको हामी घोर भत्सर्ना समेत गरिएको छ ।
विज्ञप्तिमा घट्नाले प्रेस स्वतन्त्रताको खिल्ली उडाएको ठहर गर्दै पत्रकार साहमाथि हातपात गर्ने दुबैलाई कानुन बमोजिम कार्वाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ । कार्वाही नगरिए आन्दोलनमा उत्रने विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ