News Category 2080/07/01
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
दैनिक समाचारदाता
राजविराज १, कात्तिक ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा परिवर्तन आएपनि जनताको पक्षमा काम गर्नका लागि केही सुधारको अझै आवश्यकता रहेको बताएका छन् ।
बुधबार राजविराजमा आयोजित बरिष्ठ राजनीतिज्ञ एवं गणतान्त्रिक आन्दोलनका अग्रणी नेता खुशीलाल मण्डलको नागरिक अभिनन्दन समारोह कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले काँग्रेस, एमाले, माओवादी तथा मधेसवादी सबै दलहरु चुरे जोगाउन उदासिन रहेको बताउँदै अब पनि चुरेको संरक्षण नगरिए पानी बिना माछा झै हालत मानिसको हुने भन्दै चिन्ता ब्यक्त गरे । मधेस सुनको भूमि भएको बताउँदै प्रथम राष्ट्रपति यादवले पटक पटक आफुले चुरे भावर र जंगल क्षेत्र जोगाउन आग्रह गरिरहँदा पनि सरकार र दलहरु गम्भिर हुन नसकेकोमा खिन्नता प्रकट गरे ।
कार्यक्रममा प्रथम राष्ट्रपति यादवले २००७ सालदेखि ६२ को जनआन्दोलसम्मको सम्पूर्ण क्रान्तिमा वरिष्ठ राजनीतिकर्मी खुशीलाल मण्डलको सक्रिय योगदान रहेकोमा उनलाई आफुले नागरिक अभिनन्दन गर्न पाएकोमा खुशी ब्यक्त गरे । आम नेपालीमा सकारात्मक सोच आवश्यक भएको बताउँदै नेपाली राजनीतिको जिउँदो इतिहास मण्डल भएको चर्चासमेत गरे ।
कार्यक्रममा वरिष्ठ राजनीतिकर्मी मण्डलले मुलुकको आर्थिक मेरुदण्ड मधेस भएकोले मधेसको अस्मिता र सम्मान सबै पक्षबाट हुनुपर्नेमा जोड दिए । २००७ सालदेखि मुलुकमा भएको जुनसुकै परिवर्तनको आन्दोलनहरुमा मधेस र मधेसका राजनीतिकर्मीहरुको अहम भूमिका भएपनि अहिले काठमाण्डुबाट प्रकाशन हुने कतिपय पुस्तकहरुमा त्यसलाई गौण गरिएकोप्रति वरिष्ठ राजनीतिकर्मी मण्डलले दुख ब्यक्त गरे । सबै परिवर्तनका आन्दोलनहरुमा मधेस नै उर्वर भएको बताउँदै उनले २०७७ सालपछि मधेसबाट नै पहाडमा पनि चेतना फैलाउन काम भएको स्मरण सुनाए ।
तराई मधेशमा अहिले पनि दाइजो प्रथा कायमै रहेको, गर्नु पर्ने काममा खर्च नगर्ने तर, नगर्नु पर्ने काममा खर्च गर्ने प्रबृति बढ्दै गएको भन्दै उनले यस्ता कुराहरुमाथी पनि सुधारको आवश्यकता रहेको औल्याए ।
कार्यक्रममा जनमत पार्टीका अध्यक्ष एवं सांसद सिके राउतले नेताहरु जन्माउने सप्तरी जिल्लामा आफ्नो जन्म भएकोमा गौरवान्वित भएको तर्ता गर्दै वरिष्ठ नेता मण्डलको नागरिक अभिनन्दनमा सहभागी हुन पाउँदा खुशी ब्यक्त गरे । आजको नागरिक अभिनन्दन सबैकोलागि प्रेरक भएको चर्चा गर्दै आफ्नो संसदीय कोषबाट सप्तरीको मंसापुरमा इतिहासलाई जिवन्त राख्ने नेताहरुको शालिक निर्माण गर्न लागेको जानकारी समेत अध्यक्ष राउतले कार्यक्रममा दिए ।
पूर्वसभामुख दमननाथ ढुंगानाले खुशीलाल मण्डल लोकतन्त्रको पक्षमा अटल योद्धाको रुपमा रहेको भन्दै प्रजातन्त्र प्राप्तिको आन्दोलन र उनको निष्ठा अनुकरणिय रहेको बताए ।
नागरिक समाज सप्तरी सिरहाका अध्यक्ष रामरिझन यादवको अध्यक्षतमा आयोजित कार्यक्रममा, पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादव, सांसदहरु दिनेशकुमार यादव, नवलकिशोर साह, शेखरकुमार सिंह, मधेस प्रदेश सांसदहरु जितेन्द्र सोनल, ललिता विद्रोही तत्मा, जिल्ला विकास समितिका पूर्वसभापति बिरबल बिराजीलगायतले पनि अभिनन्दीत व्यक्तित्व मण्डलको योगदान बारे प्रकाश पारेका थिए ।
नागरिक समाजका अध्यक्ष यादवको सम्पादनमा वरिष्ठ राजनीतिकर्मी खुशिलाल मण्डलको व्यक्तित्व बारे लेखिएको “कर्मविर योद्धा खुशीलाल मण्डल अभिनन्दन ग्रन्थ” पुस्तकको समेत बिमोचन गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ