News Category 2080/07/02
पत्रकार साहलाई हातपात गर्ने पक्राउ
दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
नेपाल प्रेस युनियन शाखा सप्तरीका केन्द्रीय पार्षद संजिवबिक्रम साहलाई हातपात गर्ने जनमत पार्टीका कार्यकर्ता बिहीबार साँझ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा नेपाल पत्रकार महासंघका सभापति श्रवणकुमार देव, सचिव रामनारायण विश्वास, केन्द्रिय सदस्य ललिता साह, युनियनका सभापति बिनयलाल कर्णसँगै गएका पत्रकार साहले लिखित उजुरी दिएपछि प्रहरीले जनमत पार्टीका कार्यकर्ता अमरेन्द्र यादव र अनिल यादवलाई पक्राउ गरेको हो ।
जिल्लाको डाक्नेश्वरी नगरपालिकामा पोखरी ठेक्का विवादको क्रममा स्थानियहरुले गरिरहेको आन्दोलनमा रिपोर्टिङ गर्न गएका रेडियो नेपालका सप्तरी सम्वाददाता तथा माई सञ्चार डटकमका संचालक, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य समेत रहेका पत्रकार साहलाई हातपात बुधबार साँझ उनीहरुले हातपात गरेका थिए ।
यसैबीच नेपाल प्रेस युनियन सप्तरीका सचिव रामानन्द देवद्वारा बिहीबार विज्ञप्ति जारि गर्दै प्रेस स्वतन्त्रता प्रति प्रतिबद्धता जनाएका राजनीतिक दलकै कार्यकर्ताबाट पत्रकार असुरक्षित हुनु दुःखद र निन्दनीय रहेको भन्दै विज्ञप्तिमा रिपोर्टिङ गर्न गएका पत्रकारमाथि हातपात गरिएको घट्नाको घोर भत्सर्ना गरिएको छ ।
विज्ञप्तिमा घट्नाले प्रेस स्वतन्त्रताको धज्जी उडाएको ठहर गर्दै प्रेस स्वतन्त्रता विरोधी एवं निर्विवाद रुपमा समाचार संकलन गर्न पाउनु पर्ने पत्रकारको स्वतन्त्र अधिकार हनन् गरिएको घट्नामा संलग्नहरुलाई अविलम्ब छानविनको दायरामा ल्याई कड़ा कारवाही गर्न सम्बन्धित निकाय र सरोकारवालसँग माग गरिएको छ ।
यस्तै नेपाल पत्रकार महासंघ केन्द्रिय महासचिव रोशन पुरीले बिहीबार विज्ञप्तिमार्फत पत्रकारलाई हातपात गर्ने कार्यको भत्र्सना गर्दै दोषिलाई पक्राउ गरि कारवाहीको माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ