News Category 2080/07/04
पत्रकारलाई कुटपिट गर्ने जनमतका कार्यकर्तालाई रिहा गरेको भन्दै पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
नेपाल पत्रकार महासंघसँग कुनै समन्वय नै नगरि पत्रकारलाई कुटपिट गर्ने जनमत पार्टीका दुई जना कार्यकर्ताहरुलाई प्रहरीले रिहा गरेकोप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।
महासंघका सप्तरी सभापति श्रवणकुमार देव र सचिवरामनारायण विश्वासले शुक्रबार एक विज्ञप्ति जारि गर्दै उक्त ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले कारबाही बिना रिहा गरेको काम स्वतः कानून विपरित हुन गएको ठहर गरेको छ ।
विज्ञप्तिमा ड्युटिमा खटिएको नेपाल प्रहरीका प्रहरी निरीक्षककै उपस्थितीमा पत्रकार शाहमाथि कुटपिट भएको अवस्थामा प्रहरी प्रतिवेदनकै आधारमा कानूनी कारबाही अगाडी बढाउनुपर्नेमा पीडित पक्षले उजुरी दिंदा पनि उनीहरुलाई रिहा गरिएप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिकामा कात्तिक १ गते पोखरी ठेक्का विवादमा भईरहेको आन्दोलन सम्बन्धी समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंका सदस्य एवंरेडियो नेपालका सम्वाददाता संजिवविक्रम शाहमाथि जनमत पार्टीका कार्यकर्ता अमरेन्द्र यादवर अनिल यादवले कुटपिट गरेका थिए ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अगुवाईमा प्रमुख जिल्ला अधिकारीर जिल्ला प्रहरी प्रमुखसँगको छलफलपछि पत्रकार साहले उजुरी दिएपछि बिहीबार साँझ प्रहरीले दुबै जनालाई पक्राउ गरेको थियो ।
अर्कोतर्फ, जनमत पार्टीका स्थानीय नेताहरु जसरी पनि आरोपी आफ्ना कार्यकर्तालाई रिहा गराउन देखाएको भूमिकाले उक्त पार्टी प्रेस स्वतन्त्रता विरोधी देखिएको ठहर गरिएके छ । दोषी ब्यक्तिहरु प्रहरी नियन्त्रण बाहिर भएपछि पत्रकार साह अहिले असुरक्षितसमेत भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा असुरक्षित पत्रकार साहलाई सुरक्षाको बन्दोवस्त गरी कुटपिटमा संलग्न दुवै जनामाथि कानून बमोजिम कारबाही नगरिए नेपाल पत्रकार महासंघ संघर्षमा उत्रिने जानकारी समेत गराइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ