News Category 2080/07/04
राजबिराजमा व्यापारीक महोत्सव तथा रमाईलो मेलाको आयोजना हुने
दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
राजविराजमा आउँदो कात्तिक ११ गतेदेखी सप्तरी सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापारीक महोत्सवका साथैरमाइलो मेलाको आयोजना हुने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सप्तरी युथ नेपालको आयोजनामा दशै, शुभदिपावली एवं छठ पर्वको अवसरमा उक्त मेला आयोजना हुन लागेको उपाध्यक्ष मोहन यादवले जानकारी दिएका छन् ।
राजबिराजस्थित राजरंगशाला खेलमैदानमा आयोजना हुने उक्त मेलामा विभिन्न ३० वटा स्टलहरुमार्फत मिथिला संस्कृती खाना महोत्सव तथाराष्ट्रिय एवं स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको स्टललगायतर बालबालिकाहरुको लागि मनोरञ्जन सामाग्रि गरि बृहत मेलाको आयोजना गर्न लागिएको जनाइएको छ ।
यसबाहेक दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवद्र्धधनसम्बन्धी गर्ने स्टलरहने मेला समिति संयोजक सतेन्द्र यादबले बताए । मेलाकै अवसरमा सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने उनले जानकारी दिए ।
मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिँदै संयोजक यादबले मेलामा आउनेका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने बताए ।
उनले मेलामा झण्डै १ लाख मानिसहरुले अवलोकन गर्ने आंकलन गरिएकोर मेला अवधीको खर्च करिब १५ लाख रुँपैयाको अनुमान गरिएको जानकारी समेत दिए । ५० रुँपैयाको प्रवेश शुल्क लाग्ने व्यवस्था गरिएको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ