News Category 2080/07/09
तीनै तहको सरकारबाट जनताले खुशीको अनुभुती पाएनन् ः मन्त्रि यादव
दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
मधेस प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवले तीनै तहको सरकारबाट जनताले अहिलेसम्म खुशीको अनुभुती नपाएको आरोप लगाएका छन् ।
बागेश्वरी सेवा समिति राजविराजको साधारणसभाको अवसरमा प्रमुख अतिथिको आसन्नबाट बोल्दै मन्त्रि यादवले यस्तो आरोप लगाएका हुन् ।
शिक्षाको फ्याक्ट्रिको रूपले परिचित मधेश प्रदेश अहिले मधेस प्रदेश नेपालमै पछाडि परेकोले प्रदेशको शिक्षा क्षेत्रलाई उकास्न सबैले आआफ्नो ठाउँबाट जिम्मेवारी लिनुपर्नेमा जोड दिए ।
समाजको प्रत्येक घर घरमा शिक्षा स्वास्थ पुग्नुपर्ने एकदमै आवश्यक रहेको भन्दै उनले सामुदायिक विद्यालयलाई अगाडि बढाउन खोज्दा विभिन्न बाधा आउने भएकोले प्रदेश शिक्षा नीति बनाएर अगाडि बढाउने योजना रहेको र शिक्षा नीति ऐनले शिक्षामा नौलो फड्को मार्ने दाबी समेत गरे ।
पूर्ण साक्षर नीति चारवर्ष भित्र ल्याएर कार्यान्वयन गर्ने मन्त्री यादवले घोषणा गर्दै संस्कारी र व्यबहारिक शिक्षालाई पनि संगै लादा मात्र समयको माँग पूरा हुने जिकिर गरे ।
कार्ययक्रममा मधेस प्रदेश सभासदस्य सतिश कुमार सिंह, पूर्व मेयर शैलेश चौधरी, भवानी सेवा समितिका अध्यक्ष प्रताप नारायण चौधरी, नेपाल पत्रकार महांघका अध्यक्ष श्रवण कुमार देव, बागेश्वरी सेवा समितिको पूर्व अध्यक्ष द्वय मेदनारायण देव, राधेश्याम रमण लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा मानार्थ तथा एसईईमा ए प्लस ल्याउने विद्यार्थीलाई समेत चाँदीको मेडल प्रमाणपत्र र खादा ओढाएर सम्मान गरिएको थियोे । बागेश्वरी सेवा समितिको अध्यक्ष ई. इन्द्र नारायण देवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ