News Category 2071/09/24
नक्कली नागरिकता बनाउने गिरोहका तीन जना प्रहरीद्वारा सार्वजनिक
दैनिक संवाददाता
राजविराज,२३ पुस ।
झुठा नेपाली नागरिकताको प्रमाण पत्र खडा गरी सरकारी छाप र दस्तखत किर्ते गर्ने एक भारतीय सहित तीन जनालाई प्रहरीले पक्राउ गरि बुधबार सार्वजनिक गरेको छ ।
सप्तरीको राजविराज नगरपालिका १ स्थित नोटरी पब्लिकको कार्यालयमा नक्कली सरकारी छाप तथा दस्तखत किर्ते गरी झुट्टा नागरिकता प्रमाणपत्र खडा गरेको आरोपमा पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले सार्वजनिक गरेको हो ।
सप्तरीको राजविराज नगरपालिका ३ बस्ने ऋषी नारायण देव, सप्तरीकै बरही विरपुर गाविस वडा नं. १ बस्ने सुरेन्द्र प्रसाद यादव, भारतको विहार किसनगंज जिल्ला, डिगल बैंक थाना, महामारी गाँउ घर भई हाल झापाको राजगढ गाविस वडा नं. ४ बस्ने बर्ष २८ वर्षीय ईन्द्र कुमार राजवंशीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट ी।ऋ।म्।कम्प्यूटर, कम्प्यूटर ऋ।ए।ग्।, प्रिन्टर, फोटोकपि मेसिन, ईटहरी विसनपुर गाविसको नक्कली छाप एक थान, ईटहरी गाँउ पञ्चायत कार्यालय सुनसरीको नक्कली छाप, बरही बिरपुर गाविसको नक्कली छाप, गाविस सचिव तथा अध्यक्ष लेखेको नक्कली छाप, स्ट्याम्प प्याड, सामसुङ मोबाईल एक थान, नोकीया मोबाईल एक थान बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै पकरीको गाविस १ बस्ने सिता कुमारी देव नामको नेपाली नागरिकता प्रमाणपत्र, लालापट्टी गाविस ८ बस्ने श्याम नारायण मण्डल नामको नेपाली नागरिकता प्रमाणपत्र र बोरिया गाविस. वडा नं. ३ बस्ने ऋषी नारायण देव नामको नेपाली नागरिकता प्रमाणपत्र समेत बरामद गरेको प्रहरीले सार्वजनिक गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ