News Category 2080/07/10
नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान
दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।
नेकपा एकीकृत समाजवादी पार्टी सप्तरीले वडा दशैं, दिपावली एवं छठ पर्वको अवसरमा शुक्रबार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमका वक्ताहरुले मेची महाकाली अभियानका कारण पार्टीप्रति जनताको विश्वास बढेको जिकिर गर्दै पार्टीको सदस्यता समेत बढेको उल्लेख गरे ।
पार्टीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरीको अध्यक्षता तथा पार्टीका स्थायी कमिटि सदस्य रामप्रित पासवानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने, जनकपुर रेलवेका महाप्रबन्धक निरन्जन झा, पार्टीका केन्द्रिय सदस्य उषा पोखरेल, केन्द्रिय सल्लाहकार समिति सदस्य नथुनी दास, केन्द्रिय प्रचार विभाग सचिव प्रकाश खतिवडा, आदिवासी जनजाती महासंघका सचिव पृथ्वीचन्द चौधरी, अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य नरसिंह प्रसाद चौधरी, अखिल नेपाल महिला संघका जिल्ला कोषाध्यक्ष चन्द्रकला चौधरी, पार्टीका जिल्ला सचिव शम्भु यादव, जिल्ला सदस्य जयप्रकाश यादव, बुद्धिजिवि परिषद्का जिल्ला सल्लाहकार सुरेन्द्र प्रसाद गुप्ता, वरिष्ठ पत्रकार अनिल कुमार अनल, पत्रकार सतिश दत्त लगायतले शुभकामना व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका सोनाई दास, बिन्दु यादव र सुमित्रादेवी मण्डललाई प्रमुख अतिथि पासवानले गम्छा ओढाई स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ