News Category 2080/07/10
ब्रहमाकुमारीले नाटक प्रर्दशन तथा साइकल यात्रामार्फत लागु औषध बिरुद्ध सचेतना बाड्दै
दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।
ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजले शुक्रवारदेखि नगरका वडा वडामा नाटक प्रर्दशन तथा साइकल यात्रा मार्फत सन्देश बाड्न सुरु गरेको छ ।
युवामा बढ्दो लागु औषधको कुलत विरुद्ध सचेतना तथा समाजमा सकारात्मक परिवर्तनका लागी नाटक प्रदर्शनसँगै साइकल यात्रामार्फत सन्देश बाड्न सुरु गरेको हो ।
राजविराजस्थित केन्द्र परिसरमा शुक्रबार आयोजित एक कार्यक्रम बीच प्रमुख जिल्ला अधिकारी किरण थापा, केन्द्रकी मुख्य प्रभारी भगवती दिदी, समाजसेवी हरेकृष्ण प्रसाद सिंंह लगायतले सचेतना टोलीमा सहभागी साइकल यात्रीहरुलाई विदाई गरे ।
प्रमुख जिल्ला अधिकारी थापाले समाजमा व्याप्त कुरिती र नकारात्मक धारणालाई न्यूनिकरण गर्न केन्द्रले चलाएको सकारात्मक परिवर्तन साईकल यात्रा, अभियान फलदायी हुने विश्वास व्यक्त गरे ।
“लागु औषधको सेवनले एकातिर आत्महत्याको घट्नामा बृद्धि भइरहेको छ भने अर्काे तीर आपराधिक घट्नाको ग्राफ पनि बढदै गएको छ, उनले भने, यसको निराकरण र न्यूनीकरणका लागी केन्द्रले चलाएको सन्देशमुलक अभियान फलदायी हुने विश्वास लिएका छौं ।”
यूवाहरुमा बढ्दो लागु औषधको कुलत न्यूनीकरण तथा समाजमा सकारात्मक परिवर्तनका लागी केन्द्रको अगुवाईमा सन्देशमुलक अभियान थालिएको ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रकी मुख्य प्रभारी भगवती दिदिले बताईन ।
साईकल यात्रीको उक्त टालीमा १५ वर्षिय किशोर सरोज दास देखि ७३ वर्षिय बृद्ध अशोक यादव सम्म सहभागी छन् । यस्तै सडक नाटक प्रर्दशन गर्न स्थानीय एक दर्जन कलाकारको टोली पनि सिटी रिक्शा, अटो र मोटर साईकल सहित यात्रामा निस्केका छन् ।
साईकल यात्रा नगरका १६ वटै वडामा पुग्ने र त्यहा स्थानीय कलाकारहरुद्वारा सचेतना मुलक नाटक मञ्चन लगायतका कार्यक्रम समेत गरिने उनको भनाई छ । १६ वटै वडामा सन्देश बाडिने तथा सडक नाटक मञ्चन पश्चात अभियान समापन हुने ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ