News Category 2080/07/12
सप्तरी महोत्सव सूरु

दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापारिक प्रबद्र्धनका लागी सप्तरी महोत्सव आईतवारदेखी राजविराजमा सूरु भएको छ ।
स्थानीय राजरंगशालमा १५ दिन सम्म चल्ने महोत्सवको राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीनले उदघाटन गरेकी छिन् ।
सो अवसरमा उनले सप्तरी महोत्सवले सप्तरीको धार्मिक, साँस्कृति, पर्यटन, कृषि तथा ब्यापार प्रवद्र्धनका लागी टेवा पुग्ने विश्वास ब्यक्त गरिन । निजि क्षेत्रको साझेदारी विना विकास सम्भव नभएको जिकिर गर्दै उनले विकास र समृद्धिको सहयात्री बनाउने गरी सरकारले नीति बनाउनु पर्नेमा जोड समेत दिईन ।
महोत्सव आयोजक सप्तरी युथ नेपाल राजविराजका कार्यवाहक अध्यक्ष मोहन कुमार यादवको अध्यक्षतामा आयोजित उद्घाटन समाहरोमा नागरिक समाज सप्तरीका अध्यक्ष थानसिह भन्साली, प्रमुख जिल्ला अधिकारी किरण थापा, पत्रकार महासंघ शाखा सप्तरीका सभापती श्रवण कुमार देव, मैथिली साहित्य परिषद सप्तरी अध्यक्ष अवधेश झा, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रकी मुख्य प्रभारी भगवती दिदी, राजविराज नगरपालिकाका प्रवक्ता जयनारायण मण्डल लगायतले पनि बोल्दै महोत्वसले सप्तरीको धार्मिक, पर्यटन, कृषि र व्यापार व्यवसायको विकासमा टेवा पुग्ने बताए ।
महोत्सवस्थल भित्र मदिरा र सूर्तीजन्य पदार्थ सेवन गरेकाहरुलाई प्रवेश निषेध गर्नुका साथै भित्र सोको बेचबिखनमा समेत प्रतिबन्ध लगाइएको महोत्सव मेला समितिका संयोजक सत्येन्द्र यादवले जानकारी दिए ।
महोत्सवमा औधोगिक, व्यापारिक, हस्तकला, कृषि, घरेलु उधोगबाट उत्पादिन वस्तु, कलासंस्कृती झल्कने कार्यक्रम एवं वस्तुको प्रर्दशनीका तीन दर्जन भन्दा बढी स्टलका साथै मनोरञ्जनका लागी विभिन्न खेल तमाशाको व्यवस्था गरिएको महोत्वसका संयोजक यादवले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
- 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
- 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
- 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
- 2082/01/18 पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
- 2082/01/18 तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल
- 2082/01/18 जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी ...
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ