News Category 2071/09/26
सहमतिय संविधान निमार्ण नभए मुलुकमा ठुलो जनयुद्ध हुन्छ ः सभासद् मण्डल
दैनिक संवाददाता
राजविराज, २५ पुस ।
सभासद अशोक मण्डलले सहमतिय संविधान निमार्ण नभए मुलुकमा पुनः ठुलो जनयुद्ध हुने बताउँनुभएको छ ।
नेपाल पत्रकार महासंघमा शुक्रबार ३० दलिय गठबन्धन मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउँनुभएको हो ।
पत्रकार सम्मेलनमा मण्डलले सहमति, पुर्ण प्रजातान्त्रिक, न्याय प्रणाली लगायतका चार बुँदे सहमति बिना माघ ८ मा संविधान ल्याउँन खोजे देशमा ठुलो जनयुद्ध हुने स्पष्ट पार्नुभयो ।
उहाँले नयाँ बन्ने संविधानमा सम्पुर्ण जातजातिको सम्मान अधिकार सुनिश्चितता हुनुपर्नेमा जोड दिदै सो नभए त्यस्तो संविधानलाई नमान्ने बताउँदै बिद्रोहमा जाने उद्घोष समेत गर्नुभयो ।
मधेशको पहिचान र अधिकारको लागि ३० दलिय मोर्चाले विभिन्न चरणको आन्दोलनमा ओर्लिसकेको बताउँदै ३० दलिय मोर्चाको आन्दोलनलाई सफल पारिदिनुको लागि सम्पुर्ण आमजनसमुदायसँग आग्रह समेत गर्नुभएको छ ।
आयोजित पत्रकार सम्मेलनमा मोर्चाले पुस २८ गते मधेश बन्द र माघ ५ गते आम हडतालको घोषणा गरेको छ । सो बन्दलाई सफल पार्नका लागि सम्बन्धित सबै सरोकारबाला निकायहरुसँग अनुरोध गर्नुभएको छ ।
सो पत्रकार सम्मेलनमा मोर्चाका संयोजक एवं सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सत्य नारायण यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, फोरम नेपालका केदार यादव लगायतकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ