News Category 2071/09/26
सहमतिय संविधान निमार्ण नभए मुलुकमा ठुलो जनयुद्ध हुन्छ ः सभासद् मण्डल
दैनिक संवाददाता
राजविराज, २५ पुस ।
सभासद अशोक मण्डलले सहमतिय संविधान निमार्ण नभए मुलुकमा पुनः ठुलो जनयुद्ध हुने बताउँनुभएको छ ।
नेपाल पत्रकार महासंघमा शुक्रबार ३० दलिय गठबन्धन मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउँनुभएको हो ।
पत्रकार सम्मेलनमा मण्डलले सहमति, पुर्ण प्रजातान्त्रिक, न्याय प्रणाली लगायतका चार बुँदे सहमति बिना माघ ८ मा संविधान ल्याउँन खोजे देशमा ठुलो जनयुद्ध हुने स्पष्ट पार्नुभयो ।
उहाँले नयाँ बन्ने संविधानमा सम्पुर्ण जातजातिको सम्मान अधिकार सुनिश्चितता हुनुपर्नेमा जोड दिदै सो नभए त्यस्तो संविधानलाई नमान्ने बताउँदै बिद्रोहमा जाने उद्घोष समेत गर्नुभयो ।
मधेशको पहिचान र अधिकारको लागि ३० दलिय मोर्चाले विभिन्न चरणको आन्दोलनमा ओर्लिसकेको बताउँदै ३० दलिय मोर्चाको आन्दोलनलाई सफल पारिदिनुको लागि सम्पुर्ण आमजनसमुदायसँग आग्रह समेत गर्नुभएको छ ।
आयोजित पत्रकार सम्मेलनमा मोर्चाले पुस २८ गते मधेश बन्द र माघ ५ गते आम हडतालको घोषणा गरेको छ । सो बन्दलाई सफल पार्नका लागि सम्बन्धित सबै सरोकारबाला निकायहरुसँग अनुरोध गर्नुभएको छ ।
सो पत्रकार सम्मेलनमा मोर्चाका संयोजक एवं सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सत्य नारायण यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, फोरम नेपालका केदार यादव लगायतकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ