News Category 2080/07/15
मुटु रोगको निःशुल्क शिविरबाट एक हजार भन्दा बढीले पाए उपचार
दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा संचालित निःशुल्क मुटु रोग स्वास्थ्य शिविरबाट १ हजार १ सय भन्दा बाढी विरामी लाभान्वित भएका छन् ।
जयन्ती स्मृति प्रतिष्ठानको आयोजना, मनमोहन कार्डियो थेरापिक मस्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको प्राविधिक सहयोग एवं गजेन्द्र नारायण सिह अस्पतालको समन्वयमा संचालित चार दिने शिविरमा १ हजार १ सय ८६ जना विरामीले निःशुल्क सेवा प्राप्त गरेका छन् ।
मुटु रोग लागेर आर्थिक अभावका कारण उपचार गर्न न सकेका गरिब, विपन्न परिवारहरुका लागी लक्षित गरी आईतवार देखि चलाइएको शिविरको अन्तिम दिन बुधबार सम्म त्यसमात्रामा विरामीहरुले निःशुल्क चेकचाँच सेवा तथा औषधी पाएको प्रतिष्ठानकी प्रबन्धक निर्देशक श्रीमती आयुषा कटुवालले जानकारी दिइन ।
शिविरमा बरिष्ट मुटु रोग विशेषज्ञ डा.अनिल भट्टराई, डा.रविन कुमार बराल, डा.सोभित थापा, डा.दिनेश उप्रेती, डा.क्षितिज राज पुडासैनी, डा.रामहरी केसी, डा.प्रभा मोक्तान, डा.स्वस्तिका हुमागाई सहितको १६ सदस्यीय टोलीले स्वास्थ्य सेवा प्रदान गरेको प्रतिष्ठानका प्रतिनिधी दिपक थापाले बताए । स्थास्थ्य सुचाङ्कमा सप्तरी निकै पछाडी रहेको तथा गरिब र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेकाहरुलाई लक्षित गरी शिविर आयोजना गरीएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ