News Category 2080/07/19
ग्राहक बनेर पसलहरुमा चोरी गर्ने व्यक्तिको खोजी गर्दै प्रहरी
दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
ग्राहक बनेर पसलहरुमा चोरी गर्दै हिड्ने एक व्यक्तिको प्रहरीले खोजतलास सुरु गरेको छ ।
राजविराजस्थित मेनरोडका पसलहरुमा ग्राहक बनेर साहुलाई झुक्याएर नगद तथा सरसामान चोरी गरी फरार हुने ती चोरको प्रहरीले खोजतलास सुरु गरेको हो ।
शनिबार साँझ राजविराजको मुख्य बजार मेन रोडका तीन पसलमा ग्राहक बनेर साहुलाई झुक्याउने ती चोरको तस्बीर सीसी टीभी क्यामरामा कैद भएपछि प्रहरीले खोजी तीब्र पारेको छ ।
पसले एक्लै भएको मौकामा विभिन्न समान किन्ने भन्दै लामो सुची थमाएर झिक्न लगाउने र पसले समान झिक्न व्यस्त भएको मौका छोपी काउन्टरको गल्ला, बाकस, सन्दुक लगायतबाट नगद र काउन्टरमा राखिएका सरसमान चोरी गरी फरार हुने अपरिचित चोर बारे पीडित पक्षबाट जानकारी आएपछि खोज तलाश तीब्र पारीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्त डिएसपी ढुण्डिराज नेउपानेले बताए ।
नगरको मुटुमै रहेको माझी मार्केटको ३ वटा पसलबाट १७ हजार नगद तथा केही सरसमान चोरी भएपछी प्रहरीमा जानकारी गराएको पीडित मध्येका एक अन्जना माझीले बताईन् । उक्त मार्केटमा रहेको सीसीटीभीमा चोरको तस्बिर कैद भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ