News Category 2080/07/22
वडा कार्यालयमा तालाबन्दीका सेवाग्राहीलाई सास्ती
दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।
सप्तरीको विष्णुपुर गाउपालिका वडा नं. ६ मा स्थानीय एक पक्षद्वारा गरेको तालाबन्दीका स्थानीय सेवाबाट बञ्चित भएका छन् ।
आर्थिक अनियमितता भएको भन्दै विगत ९ दिनदेखी वडा कार्यालयमा तालाबन्दी गरिएको हो । पोखरी ठेक्का, जीर्णाेद्वार, फनिचर खरिद, ग्राभेल सडक निर्माण तथा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लगायतका शिर्षकका वडाअध्यक्ष यादवले आर्थिक अनियमितता गरेको भन्दै स्थानीय राजेश कुमार रायको संयोजकत्वमा गठित संर्घष समितीको अगुवाईमा कार्तिक १४ गते वडा कार्यालयमा तालाबन्दी गरिएको थियो ।
तालाबन्दी खुल्न नसक्दा अत्याआवश्यक कामले वडा कार्यालय पुग्ने सेवाग्राही निराश भई फर्किने गरेका छन् ।
बुधवार पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी वडा अध्यक्ष यादवले राजनीति प्रतिशोध साध्न झुटो आरोप लगाई तालाबन्दी गरेको दाबी गरे । तालाबन्दी खुलाउन पहल थालेका वडाअध्यक्ष परमानन्द यादवले विपक्षीले तालाबन्दी गर्दा सेवाग्राही मारमा परेको भन्दै सत्यतथ्य बुझी तालाबन्दी खुलाउन पहलका लागी सबै संग आग्रह समेत गरेका छन् ।
वडाअध्यक्ष यादव गत स्थानीयतहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । हाल संघर्ष समितिका संयोजक बनेका राय त्यतीखेर जसपाबाट वडाअध्यक्षको उम्मेदवार भई निकटतम प्रतिद्वन्दी बनेका थिए । पराजित मानसिकताले आफुलाई बदनाम गर्न र हारेको बदला लिन झुटो आरोप लगाई तालाबन्दी गरिएको वडा अध्यक्ष यादवको कथन छ ।
विना कुनै जानकारी आफू बाहिर रहेको बेला कार्यवाहक वडा अध्यक्ष रीता देवी सदालाई कार्यकक्षबाट निकालेर तालाबन्दी गरिएको कार्य अराजकताको पराकाष्ठा रहेको बताए ।
उनले आफुमाथी लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिदै तालाबन्दी नखोलिए प्रशासनको सहयोग र स्थानीयवासीको रोहबरमा तालाबन्दी खुलाउने चेतावनी समेत दिए ।
पत्रकार सम्मेलनमा उपस्थित सदस्य सदाले राय नेतृत्वको टोलीलाई वडा अध्यक्ष आएपछी वार्ताबाट समस्या समाधान गरिने आग्रह गर्दा पनि नमानेको र बाहिर निकालेर तालाबन्दी गरेको सुनाईन ।
यता संघर्ष समितीका संयोजक रायले आपूmहरुले वडा अध्यक्ष सँग वडा कार्यालयबाट सम्पन्न भएको योजनाहरुको आयब्यय माग्दा वेवास्ता गरेको दाबी गर्दै सोही कारणले तालाबन्दीमा उत्रिनु परेको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ