News Category 2080/07/23
भुकम्प पीडितलाई सप्तरीबाट राहत पठाइयो
दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
जाजरकोट र रुकम (पश्चिम)का भूकम्प पीडितका लागि बिहीबार सप्तरीबाट राहत पठाइएको छ । राहतमा नगद, कम्बल, साडी, टोपी, त्रिपाल लगायतका सामाग्रिहरु रहेका छन् ।
सप्तरी उद्योग वाणिज्य संघ, सप्तरी युथ नेपाल र नेपाल रेडक्रस सोसाइटीले उक्त राहत समाग्रिहरु जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत पठाएको हो ।
पीडितका लागि सप्तरी उद्योग वाणिज्य संघले १ सय थान साडी, ५०÷५० थान ज्याकेट र उलनको टोपी, सप्तरी युथले २५ हजार रुपैयाँ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रधानले २० थान त्रिपाल तथा रेडक्रस सोसाइटी सप्तरीले १ सय थान कम्बल उपलब्ध गराएको छ ।

ती सामग्री बिहिवार प्रमुख जिल्ला अधिकारी किरण थापालाई हस्तान्तरण गरिएको छ । उक्त सामग्री पीडितका लागि पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत आइतवार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पले ठुलो जनधनको क्षति भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ