News Category 2071/09/25
अभिव्यक्ति बिरुद्ध एमाले अध्यक्ष ओलीको पुत्ला जलाइयो
दैनिक संवाददाता
राजविराज, २४ पुस ।
“भारतको विहार र उत्तर प्रदेश पनि सम्मै छन् त्यो पनि दाबी गर्नुहुने हो कि ?” भन्ने अभिव्यक्ति बिरुद्ध बिहीबार राजविराजमा संयुक्त मधेशी मोर्चा र ३० दलिय मधेशी मोर्चा संयुक्त रुपमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको पुत्ला दहन गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले बुधबार काठमाडौंमा आयोजित मधेशी मोर्चासहितको बैठकमा मधेशी दलहरुलाई होच्याएर दिएको अभिव्यक्ति बिरुद्ध काठमाडौं लगायत मधेशका अधिकांश जिल्लाहरुमा बिहीबार पुत्ला दहन गरिएको हो ।
उहाँले बैठकमा व्यङ्ग्यात्मक शैलीमा ‘सबै सम्म भूभाग उहाँहरुलाई (मधेसवादी दललाई) चाहिने भए सबैका आँगन पनि सम्म हुन्छन्, त्यो पनि चाहियो भन्नुहोला, अनि छिमेकमा विहार र उत्तर प्रदेश पनि सम्मै छन् त्यो पनि दाबी गर्नुहुने हो कि ?’ भनेपछि बैठकमा मधेसवादी नेताहरु उत्तेजित भएको बैठकमा सहभागी नेताले जानकारी दिनुभयो ।
राजविराजस्थित तमलोपा पार्टी कार्यालयबाट निकालिएको बिरोध जुलुसले जनआनदोलन चौकमा पुगेर पुत्ला दहन गरेको थियो ।
पुत्ला दहन पश्चात् आयोजित बिरोध सभामा विद्यार्थी मंचका जिल्ला अध्यक्ष शम्भु कुमार यादव, विद्यार्थी नेता तुलानाथ माझी, विद्यार्थी फोरम नेपालका श्याम कुमार यादव, मधेशी विद्यार्थी फोरम लोकतान्त्रिकका सचेन्द्र यादव लगायतकाहरुले बोल्नु भएको थियो ।
सोही बिरोध सभामा एमाओवादीका जिल्ला संयोजक एवं सभासद अशोक मण्डल अमर, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सत्य नारायण यादव, सद्भावना पार्टीका अध्यक्ष सुनिल झा, फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादव, तमलोपाका रामपृत यादव लगायतकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ