News Category 2080/07/30
पत्रकार झाको निधन

दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक ।
नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष शुभचन्द्र झाको बुधबार साँझ निधन भएको छ ।
विगत केही दिनयता पिसाब सम्बन्धि रोगले पीडित ५५ वर्षिय पत्रकार झाको उपचारको क्रममा निधन भएको परिवारजनले जानकारी दिएको छ ।
मैथिली साहित्य परिषद्का पूर्वअध्यक्ष समेत रहेका उनको राजविराज वडा नं. ३ स्थित घरमा बिहीबार बिहान संचारकर्मी, आफन्तजन, विभिन्न राजनीतिक दलका नेता लगायतले श्रद्धाञ्जली दिएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकार झाको असामयिक निधनले मर्माहत भएको जनाएको छ । महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा केही समयदेखि पिसाब सम्बन्धि रोगको उपचारकै क्रममा उनको निधन भएको जनाइएको छ ।
यसैबीच महासंघका सभापति श्रवणकुमार देव, उपाध्यक्ष अम्बिका दाहाल, सचिव रामनारायण विश्वास, सहसचिव गोपाल प्रसाद गुप्ता, कोषाध्यक्ष नवीनकुमार गुप्ता, सदस्यहरु चन्दन यादव, भुषण सिंह, अनिल पोखरेल लगायतको उपस्थितिमा स्व. झाको शवमाथी नेपाल पत्रकार महासंघ अंकित झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको छ ।
यस्तै मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश झाले पनि साहित्य परिषद्को झण्डा ओढाएर स्व. झाप्रति श्रद्धाञ्जली दिएका छन् । सो अवसरमा परिषद्का अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
- 2082/06/25 सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ