News Category 2080/08/08
एकपछि अर्को अतिक्रमित संरचना हटाईदै

दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
राजविराजलाई अतिक्रमण मुक्त तथा व्यवस्थित गर्ने उद्देश्यले दुई महिनादेखी थालिएको अभियानलाई निरन्तरता दिइएको छ ।
शुक्रबार राजविराज नगरपालिकाले वडा नं. ६ स्थित बागेश्वरी मन्दिरदेखी सखडा मोडसम्मको सडक आसपासका घर, टहरा लगायतका अतिक्रमित भौतिक संरचना हटाउन सुरु गरेको छ । यसअघि सिरहा रोड, कंचनपुर रोड, हटिया बजार लगायतका क्षेत्रमा डोजर लगाएर अतिक्रमित संरचना हटाइएको थियो ।
अतिक्रमणका कारण प्रशिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिर तथा सोही मार्गबाट सीमावर्ती भारतीय बजारसम्म आवगमनमा समस्या हुनुका साथै सडक फराकिलोको निर्माण कार्य समेत प्रभावित हुने गरेको थियो ।
नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले पूर्व सूचना दिएर अतिक्रमित संरचना डोजर लगाएर भत्काइएको जानकारी दिइन् । अतिक्रमित संरचना हटाउन पछिल्लो पटक १५ दिने सूचना जारि गरि आग्रह गर्दा पनि कतिपयले वेवास्ता गरेकाले बाध्य भई डोजर चलाउनु परेको उनको भनाई छ ।
फराकिलो सडक तथा नगरलाई व्यवस्थित र सौन्दर्यकरणका लागि यस्तो अभियान चलाइएको नगरपालिकाले जनाउँदै उनले नगर व्यवस्थित गर्न थालिएको कदममा नगरवासीबाट सहयोग र समर्थन प्राप्त भइरहेकाले यो अभियान नरोकिने बताइन् ।
राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङले बागेश्वरी मन्दिरदेखी सखडा मोडसम्मको सडकको दायाँबायाँ ६.५÷६.५ मिटर क्षेत्रमा अतिक्रमण गरि बनाइएका भौतिक संरचना हटाउन थालिएको बताउँदै छिट्टै नगर क्षेत्रका बाँकी रहेका स्थानमा समेत अतिक्रमण गरि बनाइएका भौतिक संरचना भत्काउने काम अघि बढ्ने जानकारी दिए ।
अतिक्रमित जग्गा खाली गराउन डोजरसहित राजविराज नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/15 बैदेशिक रोजगारीमा गएका २४ जनाले ज्यान गुमाए
- 2082/03/15 रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन
- 2082/03/15 दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
- 2082/03/10 कर्मचारीको धर्ना जारि, नगरपालिकाको आपसी विवादले ४२ वटा सामुदायिक विद्यालय संचालन एवं व्यवस्थापनमा असर
- 2082/03/10 एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ, एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
- 2082/03/09 रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
- 2082/03/09 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/03/09 वडा नं. ३ को नवनिर्मित भवनको उद्घाटन
- 2082/03/09 लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
- 2082/03/08 नगरपालिका कर्मचारीको धर्ना यथावत, सर्वदलिय बैठकको निर्णय बारे आफूहरुलाई कुनै जानकारी छैन् ः अध्यक्ष देव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ