News Category 2080/08/08
एकपछि अर्को अतिक्रमित संरचना हटाईदै
दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
राजविराजलाई अतिक्रमण मुक्त तथा व्यवस्थित गर्ने उद्देश्यले दुई महिनादेखी थालिएको अभियानलाई निरन्तरता दिइएको छ ।
शुक्रबार राजविराज नगरपालिकाले वडा नं. ६ स्थित बागेश्वरी मन्दिरदेखी सखडा मोडसम्मको सडक आसपासका घर, टहरा लगायतका अतिक्रमित भौतिक संरचना हटाउन सुरु गरेको छ । यसअघि सिरहा रोड, कंचनपुर रोड, हटिया बजार लगायतका क्षेत्रमा डोजर लगाएर अतिक्रमित संरचना हटाइएको थियो ।
अतिक्रमणका कारण प्रशिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिर तथा सोही मार्गबाट सीमावर्ती भारतीय बजारसम्म आवगमनमा समस्या हुनुका साथै सडक फराकिलोको निर्माण कार्य समेत प्रभावित हुने गरेको थियो ।
नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले पूर्व सूचना दिएर अतिक्रमित संरचना डोजर लगाएर भत्काइएको जानकारी दिइन् । अतिक्रमित संरचना हटाउन पछिल्लो पटक १५ दिने सूचना जारि गरि आग्रह गर्दा पनि कतिपयले वेवास्ता गरेकाले बाध्य भई डोजर चलाउनु परेको उनको भनाई छ ।
फराकिलो सडक तथा नगरलाई व्यवस्थित र सौन्दर्यकरणका लागि यस्तो अभियान चलाइएको नगरपालिकाले जनाउँदै उनले नगर व्यवस्थित गर्न थालिएको कदममा नगरवासीबाट सहयोग र समर्थन प्राप्त भइरहेकाले यो अभियान नरोकिने बताइन् ।
राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङले बागेश्वरी मन्दिरदेखी सखडा मोडसम्मको सडकको दायाँबायाँ ६.५÷६.५ मिटर क्षेत्रमा अतिक्रमण गरि बनाइएका भौतिक संरचना हटाउन थालिएको बताउँदै छिट्टै नगर क्षेत्रका बाँकी रहेका स्थानमा समेत अतिक्रमण गरि बनाइएका भौतिक संरचना भत्काउने काम अघि बढ्ने जानकारी दिए ।
अतिक्रमित जग्गा खाली गराउन डोजरसहित राजविराज नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ