News Category 2080/08/09
प्रतिष्ठान सूचारुका लागि सप्तरी युथद्वारा सप्ताहव्यापी आन्दोलन घोषणा
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
सप्तरी युथ नेपालले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान अबिलम्ब सूचारु गराउन दबाब रुवरुप एक हप्ते आन्दोलनको घोषणा गरेको छ ।
युथ नेपालका कार्यवाहक अध्यक्ष मोहन यादवद्वारा शनिबार जारि विज्ञप्तिमा प्रतिष्ठान अबिलम्ब सुचारु गराउन बैठक बसी सरकारलाई दवाव दिने उद्देश्यले आन्दोलनमा उत्रिने निर्णय गरेको उल्लेख छ ।
सम्पन्न बैठकले सत्येन्द्र यादवको संयोजकत्वमा १८ सदस्यीय आन्दोलन समिति समेत गठन गरेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्ति मार्फत मंसिर १० गते जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने, मंसिर ११ गते ¥याली प्रदर्शन, मंसिर १२ गते सिटी जुलुस प्रदर्शन, मंसिर १३ गते दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी गर्ने, मंसिर १४ गते जिल्ला प्रशासन कार्यालयको मूल गेटमा एक घण्टा धर्ना दिने र मंसिर १५ गते सोही कार्यालयको मूल गेटमा दुई घण्टा धर्ना दिने आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
एक हप्ते आन्दोलनपछि पनि सरकार गम्भीर नभए पुनः अर्काे चरणको आन्दोलन घोषणा गर्ने विज्ञप्तिमा उल्लेख गर्दै आन्दोलनमा समग्र जिल्लाका राजनीतिज्ञ, बुद्धिजिवी, शिक्षक, विद्यार्थी, अधिकारकर्मी, संचारकर्मीसहित सबैसँग सहयोगका लागि अनुरोध गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ