News Category 2071/09/27
लोकेन्द्र स्मृति पुरस्कार शुभ नारायणलाई प्रदान पत्रकारिता पेशा चुनौतीपूर्ण ः आयुक्त डा. यादव
राजविराज÷लाकेन्द्र स्मृति पत्रकारिता पुरस्कार २०७१ यस वर्ष राजविराज दैनिकका प्रतिनिधी शुभ नारायण यादवलाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको आयोजनामा शनिबार राजविराजमा आयोजित २१ औं लोकेन्द्र कुमार बुढाथोकी स्मृति दिवस तथा पत्रकारिता पुरस्कार वितरण समारोहमा निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवले पत्रकार यादवलाई सो पुरस्कार प्रदान गर्नुभएको हो ।
विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहनुभएका युवा पत्रकार यादवले उत्कृष्ट समाचार लेखे वापत उहाँलाई रु.२ हजार १ सय नगद सहित प्रमाणपत्रले पुरुस्कृत गरिएको हो ।
पुरस्कार वितरण पश्चात निर्वाचन आयुक्त डा.यादवले पत्रकारिता क्षेत्रमा सप्तरी अहिले धनि रहेको बताउँदै समाज निमार्णको सम्वाहकको रुपमा संचारकर्मीहरुले अहम भुमिका निर्वाह गर्दै आएको जिकिर गर्नुभयो ।
आयुक्त यादवले उहाँले पत्रकारिता पेशा चुनौती पुर्ण रहेकाले पत्रकारहरुको सुरक्षाका लागि राज्य गम्भिर बन्नुपर्नेमा जोड दिदै अहिलेको चुनौतीपुर्ण अवस्थामा पत्रकारले स्वच्छ, सत्यतथ्य, पारदर्शि र स्वतन्त्र रुपमा पत्रकारिता गर्नुपर्ने कुरामा बताउनुभयो ।
एक अर्को प्रसङ्गमा उहाँले आचार सहिता बनाएपनि मिडियाहरुले त्यसलाई उलङघन गर्ने कार्य गरिरहेको प्रति आपत्ति जनाउँदै मिडियालाई नियन्त्रण गर्न समस्या परेको उल्लेख गर्नुभयो ।
पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस काउन्सिलका पूर्व सदस्यद्वय अनिल कुमार अनल र देवराम यादव, महासंघका पूर्व अध्यक्षद्धय शिवहरि भट्टराई, पुरस्कार छनौट समितिका संयोजक समेत रहनु भएका बैजनाथ झा र धिरेन्द्र साह, महासंघका पार्षद मनोहर पोखरेल, सप्तरीका प्रहरी प्रमुख दानसिंह बोहरा, प्रेस चौतारीका अध्यक्ष अम्बिका दाहाल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष राजु विशवकर्मा, मैथिली साहत्यि परिषद्का अध्यक्ष शुभचन्द्र झा लगायतका वक्ताहरुले स्व. पत्रकार बुढाथोकीको जिवनी र समसामयिक पत्रकारिता बारे चर्चा गर्नुभएको थियो । सो कार्यक्रममा स्वागत मन्तव्य तथा स्व.बुढाथोकीको जीवनी बारेमा महासंघका उपाध्यक्ष श्रवणकुमार देवले प्रकाश पार्नुभएको थियो भने कार्यक्रम संचालन सचिव आमेप्रकाश साहले गर्नुभएको थियो ।
सोही अवसरमा महासंघका अध्यक्ष प्रकाश खतिवडाले निर्वाचन आयुक्त डा. यादवलाई दोसल्ला ओढाएर सम्मान समेत गर्नुभएको थियो । सोही कार्यक्रममा आयुक्त डा. यादवले स्व. बुढाथोकी स्मृति पुरस्कार कोषमा रु. ५ हजार आर्थिक सहयोग गर्ने घोषणा समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ