News Category 2080/08/10
स्वास्थ्यतर्फ तिलाठी कोइलाडी गाउँपालिका जिल्लामा दोस्रो
दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
स्वास्थ्यतर्फ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका सप्तरी जिल्लामा दोश्रो स्थान हासिल गरेको छ ।
आर्थिक बर्ष २०७९÷०८० को स्वास्थ्यतर्फ सम्पन्न कार्यक्रमहरुको समिक्षा तथा आगामी बर्षको लागि योजना निर्माण गर्न बार्षिक समिक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले सो जानकारी दिएका हुन् ।
बार्षिक समिक्षा गोष्ठी उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मण्डलले सीमित स्रोत र साधनको बावजुदपनि १८ वटा पालिकामध्ये तिलाठी कोइलाडी गाउँपालिकाले जिल्लामा दोस्रो स्थान हासिल गरेकोमा स्वास्थ्यकर्मीहरुलाई बधाई दिए ।
उनले विगतमा देखिएका कमीकमजोरीहरुलाई सच्याउँदै आगामी दिनमा प्रभावकारी र जनमूखी स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन समेत दिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले जनताको गुनासो नआउने हिसाबले स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरे ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी साह, वडा नं. ४ का अध्यक्ष मुनिलाल मुखिया, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र झासहितकाले मन्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा स्वास्थ्य शाखाका दिपककुमार मण्डलले गाउँपालिकाका समग्र स्वास्थ्य अवस्थाबारे प्रस्तुतीकरण गरे ।
गाउँपालिकाको ८ वटै स्वास्थ्य संस्थामध्ये उत्कृष्ट हुने स्वास्थ्य संस्थालाई पुरस्कृत गर्न स्वास्थ्य कार्यालयका प्रमुख देवकान्त झा, जनस्वास्थ्य अधिकृत हरेन्द्र साह र गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख भूपेन्द्र झा सहितको एक चयन समिति गठन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ