News Category 2080/08/10
यौन धन्दा संचालन गराएको आरोपमा संचालक र म्यानेजर पक्राउ, पाँच युवती फेला
दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
राजविराजस्थित एक गेष्ट हाउसका संचालक र म्यानेजरलाई यौन धन्दा संचालन गरेको आरोप प्रहरीले पक्राउ गरेको छ । सो गेष्ट हाउसबाट पाँच जना युवती समेत फेला परेका छन् ।
गेष्ट हाउसमा यौन धन्दा हुने गरेको सुचनाका आधारमा प्रहरीले राजविराज ३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक राजविराज ६ निवासी ५७ वर्षिय अरुण कुमार मिश्र तथा म्यानेजर सप्तरीको महदेवा गाउँपालिका २ निवासी ४१ वर्षिय राम प्रकाश मण्डललाई शनिबार साँझ पक्राउ गरेको हो ।
संचालक मिश्र र म्यानेजर मण्डलको मिलीभगतमा गेष्ट हाउसमा विभिन्न प्रलोभनमा पारी जबरजस्ती यौन धन्दामा लगाउने गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
पक्राउ परेका संचालक मिश्र र म्यानेजर मण्डललाइ आईतवार सप्तरी जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसार पोसार कसुर मुद्दामा तीन दिनको म्याद थपि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
गेष्ट हाउसको कोठाबाट फेला परेका युवती मध्ये चार जना सप्तरीको तथा एक जना सुनसरीको रहेको प्रवक्ता नेउपानेले बताए । उक्त गेष्ट हाउसमा सामुहिक रुपमा राखी यौनजन्य कार्यमा लगाउने गरेको खुल्न आएको प्रहरीको भनाई छ ।
गेष्ट हाउसमा फेला परेका युवतीहरुलाई आवश्यक सचेतनासहित अभिभावकको जिम्मा लगाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ