News Category 2080/08/12
प्रतिष्ठानको निर्माण कार्य सुचारु गर्न माग राख्दै सिठ्ठी जुलुस
दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अविलम्ब सूरु गर्न मागँ गर्दै मंगलवार राजविराजमा सिठ्ठी जुलुश प्रर्दशन गरिएको छ ।
सप्तरी युथ नेपालद्वारा प्रतिष्ठान निर्माण कार्य अविलम्ब सुरु गर्न दवाब दिने उदेश्यले गठित आन्दोलन परिचालन समितिको अगुवाईमा राजविराजमा सिठ्ठी जुलुश प्रर्दशन गरेको हो ।
प्रतिष्ठानको शिलान्यास गरेको अढाई वर्ष भन्दा बढी भई सक्दा पनि सरकारले निर्माण कार्य अघि बढाउन कुनै चासो नदेखाएको भन्दै स्थानीयले विगत ४६ दिनदेखि रिले अनसन बसेका छन् ।
सोही अनसनप्रति समर्थन जनाउँदै सप्तरी युथ नेपालले पनि थप दवाब दिन आन्दोलन परिचालन समिती गठन गरी अघि बढेको सप्तरी युथ नेपालका कार्यवहाक अध्यक्ष मोहन यादवले बताए ।
आन्दोलन परिचालन समितीका संयोजक सत्येन्द्र यादवले घोषित आन्दोलन कार्यक्रम अनुसार १३ मंसिरमा दिउसै टर्च बालेर नेता तथा साँसदको खोजी तथा १४ र १५ मंसिरमा लगातार दुई दिन जिल्ला प्रशासन कार्यालय सप्तरीमा धर्ना दिने कार्यक्रम रहेको जानकारी दिए ।
स्थानीय राजंगशालाबाट सिठ्ठी बजाउँदै निस्केको यूवाहरुको जुलुश बजार क्षेत्र परिक्रमा पश्चातयस्् गजेन्द्र चौकमा पुगी कोण सभामा परिणत भएको थियोे ।
कोण सभालाई आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादव, रामकुमार दास, अखिलेशझा, मुस्तकिम आलम, सुरज यादव, वषन्त यादव, जयराम यादव, अनिल यादव, पशुपती कर्ण, श्याम राउत लगायतले सम्बोधन गर्दै प्रतिष्ठानको काम अविलम्ब सूचारु न गरिए आन्दोलनको आँधीवेरी सिर्जना गर्ने चेतावनी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ