News Category 2080/08/12
प्रतिष्ठानको निर्माण कार्य सुचारु गर्न माग राख्दै सिठ्ठी जुलुस

दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अविलम्ब सूरु गर्न मागँ गर्दै मंगलवार राजविराजमा सिठ्ठी जुलुश प्रर्दशन गरिएको छ ।
सप्तरी युथ नेपालद्वारा प्रतिष्ठान निर्माण कार्य अविलम्ब सुरु गर्न दवाब दिने उदेश्यले गठित आन्दोलन परिचालन समितिको अगुवाईमा राजविराजमा सिठ्ठी जुलुश प्रर्दशन गरेको हो ।
प्रतिष्ठानको शिलान्यास गरेको अढाई वर्ष भन्दा बढी भई सक्दा पनि सरकारले निर्माण कार्य अघि बढाउन कुनै चासो नदेखाएको भन्दै स्थानीयले विगत ४६ दिनदेखि रिले अनसन बसेका छन् ।
सोही अनसनप्रति समर्थन जनाउँदै सप्तरी युथ नेपालले पनि थप दवाब दिन आन्दोलन परिचालन समिती गठन गरी अघि बढेको सप्तरी युथ नेपालका कार्यवहाक अध्यक्ष मोहन यादवले बताए ।
आन्दोलन परिचालन समितीका संयोजक सत्येन्द्र यादवले घोषित आन्दोलन कार्यक्रम अनुसार १३ मंसिरमा दिउसै टर्च बालेर नेता तथा साँसदको खोजी तथा १४ र १५ मंसिरमा लगातार दुई दिन जिल्ला प्रशासन कार्यालय सप्तरीमा धर्ना दिने कार्यक्रम रहेको जानकारी दिए ।
स्थानीय राजंगशालाबाट सिठ्ठी बजाउँदै निस्केको यूवाहरुको जुलुश बजार क्षेत्र परिक्रमा पश्चातयस्् गजेन्द्र चौकमा पुगी कोण सभामा परिणत भएको थियोे ।
कोण सभालाई आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादव, रामकुमार दास, अखिलेशझा, मुस्तकिम आलम, सुरज यादव, वषन्त यादव, जयराम यादव, अनिल यादव, पशुपती कर्ण, श्याम राउत लगायतले सम्बोधन गर्दै प्रतिष्ठानको काम अविलम्ब सूचारु न गरिए आन्दोलनको आँधीवेरी सिर्जना गर्ने चेतावनी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/21 प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
- 2082/04/21 लोहोरोको प्रहारबाट रुपनी गम्भिर घाईते
- 2082/04/20 संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
- 2082/04/20 जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
- 2082/04/20 राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
- 2082/04/19 कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
- 2082/04/19 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
- 2082/04/19 मिडिया काउन्सीलद्वारा सुझाव संकलन
- 2082/04/18 जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
- 2082/04/18 करेन्ट लागेर यूवकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ