News Category 2071/09/27
जनमुखीको साधारण सभा सम्पन्न, नयाँ ढंगले कार्यालय संचालन हुने
राजविराज÷जनमुखी बहुउद्देश्यीय सहकारी संस्था राजविराजको १३ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
स्थानिय जिविस सभाहलमा सम्पन्न सो सभामा संस्थाका अध्यक्ष सचिन्द्र दासले वर्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको निरन्तर सेवा बिस्तार गर्न सदस्यको आर्थिक र सामाजिक गतिविधीमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्ति गर्नुभएको छ ।
संस्थाले हाल ऋण लगानी अन्तरगत कृषि क्षेत्रमा लगानी, साना उद्योगमा लगानी, रेमिट्यान्स लगायतका कार्यहरु संचालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । २०५७ सालमा सानो आकार र कम पुँजीमा स्थापना भएको संस्थाले अबको केही दिन भित्रै कम्प्युटरराइज प्रणालीबाट व्यवस्थित सेवा दिन नयाँ ढंगले कार्यालय संचालन हुने जानकारी दिनुभयो ।
सो सभामा वक्ताहरुले जिल्लामा रहेको करिब ६ सयको हारहारीमा रहेको सहकारी संस्थाहरु मध्ये करिब दुई दर्जन सहकारीहरु मात्र नियमित रहेको भन्दै त्यस्ता सहकारीहरु नियमति रुपमा संचालन हुनुपर्नेमा जोड दिएका छन् ।
आयोजित सभामा वक्ताहरुले संस्था विगत १३ वर्षको अवधीमा हासिल गरेको प्रगति सन्तोषजनक रहेको बताउँदै यसलाई अझ सुधार गर्न सल्लाह समेत दिएका छन् ।
सो सभामा संस्थाका संचालक समिति पूर्व सदस्य कामेश्वर यादव, पूर्व उपाध्यक्ष पाण्डव प्रसाद देव, वर्तमान उपाध्यक्ष सुनिक बैद्य, लेखा समिति संयोजक उमाशंकर देव, सदस्य मिना दास, शेयर सहभागि सदस्यबाट निता देव, पत्रकार नवीनकुमार गुप्ता लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो भने कार्यक्रम संचालन शेयर सदस्य शत्रुघनलाल दासले गर्नुभएको थियो ।
आयोजित सभामा संस्थाका पुरुष भन्दा बढी महिला शेयर सदस्यहरुको संख्या बढी रहेको थियो । संस्थामा २ सय ६८ जना शेयर सदस्यहरु रहेका छन् ।
यसअघि संस्थाका अध्यक्ष दासले पेस गर्नुभएको प्रतिवेदनमा आ.ब.२०७० साउन देखी २०७१ असारसम्ममा आय व्यय १७ करोड ३६ लाख ४० हजार २ सय ८३ रुँपैयाको कारोबार गरेको जनाइएको छ । त्यस्तै २०७०÷७१ मा संस्थाको शेयर पुँजी ३८ लाख ३५ हजार ५ सय रहेको तथा कुल आम्दानी ८१ लाख ४१ हजार ७ सय ६ रहेको छ भने कुल खर्च ७९ लाख १९ हजार ३ सय १० भएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ