News Category 2080/08/14
समस्यै समस्याले ग्रसित कारागारमा चार गुना भन्दा बढी कैदीबन्दी

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
मुलुकै पुरानो कारागार मध्ये एक कारागार कार्यालय सप्तरीमा चार गुना भन्दा बढी कैदीबन्दीहरु कोचिएका छन् । विभिन्न समस्याले ग्रसित यस कारागारमा १ सय २५ जनाको क्षमता भएपनि हाल ४ सय ४४ जना कैदीबन्दी कोचिएर राखिएका छन् ।
कारागारमा अहिले ४ सय १९ पुरुष र २५ महिला कैदीबन्दी छन् । जुन अहिले सम्म कै उच्च संख्या रहेको कारागारका निमित्त जेलर सदानन्द दासले जानकारी दिए । उनले क्षमता भन्दा बढी चौब्बर कैदीबन्दी भएपछि ठाउँ अभावका कारण भुई मै न्यानो कपडा राखी जसो तसो सुत्ने व्यवस्था मिलाइएको बताए ।
कैदीबन्दीलाई कोचिएर राख्दा विभिन्न समस्या आउने गरेको चौकिदार कामेश्वर यादवले सुनाए । क्षमता भन्दा चौब्बर कैदी बन्दी भएपछि शौच र नुहाउने देखि खाना पकाउन पनि लाईन लाग्ने गरेको उनले सुनाए । कारागारमा दम, स्वास प्रश्वास, प्यारालाईसिस, उच्च रक्तचाप लगायतका रोगले पीडित ५१ जना दिर्घ रोगी कैदीबन्दी रहेका छन् ।
पुरानो, जीर्ण र साँघुरो कारागारमा क्षमता भन्दा चौब्बर बढी कैदीबन्दी राख्नु पर्दा जोखिम संगै निगरानी र व्यवस्थापन गर्न पनि समस्या भएको कारागारका निमित्त जेलर दासले बताए ।
बि.स. २००८ सालमा निर्माण भएको यो कारागार सरकारी उपेक्षा र वजेट अभावका कारण जीर्ण र लथालिङ्ग अवस्थामा पुगेको निमित्त जेलर दास बताउँछन् ।
कुल २ विगहा १३ धुर क्षेत्रफल रहेको कारागाराको १ विगहा जग्गा अतिक्रमणको चपेटामा परेपछी १ विगहा १३ धुर जग्गा मात्र कारागारको संचालन र गतिविधीमा प्रयोग गर्न पाउँदा पनि समस्या थपिदै गएको उनको भनाई छ ।
कारागार सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको बास वस्ने आवास समेत जीर्ण अवस्थामा रहेको तथा उनीहरु वास वस्ने कोठामा पर्याप्त ठाँउको अभावका साथै भौतिक सरसमानको समेत अभाव देखिएको छ ।
कारागारको भवन तथा पर्खालहरु कुनै बेला पनि ढल्ने अवस्थामा पुगेको र कैदीबन्दी समेत भाग्न सक्ने सम्भावना रहेको कारागारका कर्मचारी र सुरक्षाकर्मीको गुनासो छ ।
यता बत्ति गएको बेला कारागारमा इन्भटर र जेनरेटर समेत छैन । टर्च र इमरजेन्सी लाईटको भरमा निगरानी गर्ने र अन्य काम व्यवस्थापन गर्ने गरिएकोे कारागार प्रशासनले जनाएको छ ।
दश दिन अघि मात्र राजविराज नगरपालिका १५ का ६५ वर्षिय कैदी नन्दीलाल मण्डलको मृत्यु भएको थियो । कारागारमा वेहोस भएका उनलाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।
सो बारे इन्सेक र एडभोकेसी फोरम मधेश प्रदेश कार्यालयको टोली कारागार पुगी आवश्यक जानकारी समेत लिएको छ । इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवान र एडभोकेसी फोरम मधेश प्रदेशका संयोजक राज कुमार महासेठ लगायतको टोलीले कारागारको अनुगमन पश्चात् सरकारी उपेक्षाका कारण कारागारको अवस्था अत्यन्तै दयनीय रहेको प्रतिक्रया दिदै तत्कालै सुधारको आवश्यक्ता औल्याए । उक्त टोलीले कारागार सुधारका लागी आफ्नो तर्फबाट आवश्यक पहल गर्ने जनाएका छन् ।
इन्सेक मधेश प्रदेशका संयोजक पासवानले कारागारको जग्गा अतिक्रमण तथा कैदीबन्दीहरुले भोग्नु परिरहेका विभिन्न समस्या बारे जानकारी लिइएको बताउदै तत्कालै समाधान हुनु पर्नेमा जोड दिए ।
कारागारको अतिक्रमण जग्गा खाली गराउन कारागार, नगरपालिका तथा स्थानीय प्रशासनले विगत ५ वर्ष देखि अतिक्रमण जग्गा खाली गर्ने सम्बन्धी ३५ दिने र १५ दिने सूचना पटक÷पटक जारी गर्दै आएको छ । तर हाल सम्म अतिक्रमण जग्गा खाली गराउन र सूचना कार्यान्वयन गराउन सकिएको छैन ।
राजविराज नगरपालिका ६ मा अवस्थित कारागारको नाममा २ विगहा १३ धुर जग्गाको लालपुर्जा रहेको वडाअध्यक्ष शशी चौधरी बताँछन् । जस मध्ये अतिक्रमणमा परेको जग्गा खाली गराउन गृह प्रशासन तथा स्थानीय प्रशासनले नै पहल गर्नू पर्ने र यसमा सहजिकरण गर्न आफुहरु तयार रहेको उनको कथन छ । वर्षाै देखि उक्त जग्गामा घर÷टहरा बनाइ वसेकाहरुलाइ अन्यत्र भएपनि व्यवस्थापन गर्न सके अतिक्रमण हटाउन सहज हुने उनको तर्क छ ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले कारागारको समस्या प्रति आफुहरु गम्भिर रहेको र छिट्टै समाधानका लागी आवश्यक पहल थालेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/27 समस्यै समस्याले जेलिएको राजविराज कारागार
- 2082/01/27 कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन
- 2082/01/27 सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
- 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
- 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
- 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ