News Category 2080/08/16
ट्रकले ठक्करबाट मोटरसाइकल सवार युवकको घटनास्थलमै मृत्यु
राजविराज÷सप्तरीको सुरुङ्गा नगरपालिका ४स्थित कुशहा–कदमाहा सडक खण्डमा शनिबार बिहान ट्रकले ठक्कर दिदा एक जना मोटरसाइकलमा सवार युवकको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ख०३६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको अनटेष्ट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार सुरुङ्गा नगरपालिका ५ बस्ने ३५ वर्षिय मोहम्मद हारुनको घटनास्थलमै मृत्यु भएको हो ।
तीब्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा हारुनको मृत्यु भएपछि आक्रोसित स्थानीयवासीले करिब १ घण्टा राजमार्ग अवरुद्ध पारेका थिए ।
ठक्कर दिने ट्रक चालक उदयपुरको कटारी नगरपालिका ९ बस्ने बिक्रम राई तथा ट्रकलाई नियन्त्रणमा लिई स्थानीयलाई सम्झाई बुझाई गरेपछि आवागमन सुचारु भएको र घटनाबारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ