News Category 2080/08/17
बृहत् निशुल्क क्रिकेट प्रशिक्षण मेगा क्याम्प सुरू

दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
सप्तरीमा बिधालय स्तरवाटै क्रिकेटप्रति आकर्षण बढाउन राजबिराजमा बृहत् निशुल्क क्रिकेट प्रशिक्षण मेगा क्याम्प सुरू गरिएको छ ।
आईतवार सप्तरी क्रिकेट संघ र सबल नेपालको संयोजन तथा नेपाल क्रिकेट फाउन्डेशनको सहयोगमा राजबिराजस्थित पविमाबि खेलमैदानमा ग्रास रूट क्रिकेट कोचिगं मेगा क्याम्प आयोजना गरिएको हो ।
मंसिर १७ देखि २१ सम्म संचालन हुने शिविरमा पहिलो दिन जिल्लाभरीका १५ वटा बिधालयका २ सय ५० भन्दा बढी छात्रछात्राहरूले सहभागीता रहेका छन् ।
उक्त क्रिकेट प्रशिक्षणमा आईसीसी मान्यता प्राप्त ६ जना बिदेशी कोच (लेवल १, २, ३) र नेपालका १ जना प्रशिक्षक (लेवल ३) वाट आधारभुत क्रिकेटको ज्ञान, सीप, प्रशिक्षण, शारिरिक ब्याम, अतिरिक्त क्रिकेट सीप, आधारभुत अम्पायर र स्कोरिङ सम्बन्धी जानकारी समेत दिने सबल नेपालका कार्यक्रम संयोजक रोशन मण्डलले जानकारी दिए ।
सामुदायिक विद्यालयका छात्रालाई तल्लो तहदेखि र महिला क्रिकेट उत्थानका लागी छात्राहरुलाई क्रिकेटको प्रशिक्षण तथा प्रतियोगिता आयोजना हुन लागेको सप्तरी क्रिकेट संघका सचिव चन्दन यादबले जानकारी दिए ।
क्रिकेटमा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले राजबिराजमा २ वर्ष देखि काम गर्दै आएको नेपाल क्रिकेट फाउण्डेसनसँगको सहकार्यमा कोशी प्रदेश र मधेश प्रदेशका केही विद्यालयका विद्यार्थीलाई सहयोग गरिरहेको नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए । विद्यालयहरूमा क्रिकेट खेल्ने वातावरण समेत बनिरहेको उनले बताए ।
फाउण्डेशनका अध्यक्ष श्रेष्ठले नयाँ खेलाडी उत्पादन हुनुका साथै खेलाडीमा खेलप्रति जागरुक एवं आत्मबल वृद्धि हुने बताए ।
आइसिसिकी सदस्य सारा वेगले नेपालका छात्रालाई क्रिकेट प्रति उत्साह तथा सिप प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जानकारी दिइन् । उनले विगतदेखि यस क्षेत्रमा सारा वेग मार्फत छात्राहरुलाई खेल सामाग्री सहयोग गर्नुका साथै फरक ढंगबाट दिएको प्रशिक्षणबाट अन्तर्राष्ट्रिय रुपमा खेल्ने खेलाडीहरु तयार भएको उदाहरण रहेको बताइन् ।
सप्तरीको राजबिराज नगरपालिका, सुरूगां नगरपालिका र खडक नगरपालिका फाउण्डेसनले छात्रा क्रिकेट खेलाडी उत्पादन गरिरहेको छ । दुई हप्तासम्म क्रिकेट विथ आउट बाउण्ड्रीका पदाधिकारी तथा प्रशिक्षकहरूले प्रशिक्षण दिने जनाइएको छ ।
छात्राहरुलाई क्रिेकेटप्रति जागरुक गराउन एवं प्रशिक्षण दिन आइसिसिबाट अलि मेकरेडी, गोलाण्ड हरिस, साकिव मिहास, सारा बेग, काज मिलहाल, रव वेली आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ