News Category 2080/08/20
सप्तरी युथद्वारा महोत्सवको आयव्यय सार्वजनिक, प्रतिष्ठान निर्माणका लागि हस्ताक्षर अभियान चलाउने
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
सप्तरी युथ नेपालले सप्तरी महोत्सवको आयव्यय मंगलबार सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनको आयोजना गरि आयव्यय सार्वजनिकका साथै सप्तरी युथले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणका लागि हस्ताक्षर अभियान समेत संचालन गर्ने जनाएको छ ।
गत कात्तिक १२ गतेदेखी कात्तिक २५ गतेसम्म आयोजना गरेको सप्तरी महोत्सवमा कुल १ लाख १८ हजार ८ सय रुँपैया बचत भएको जनाइएको छ ।
आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक आय–व्यय विवरण अनुसार महोत्सव संचालनका लागि २५ लाख ५२ हजार ५० रुँपैया संकलन भएको मध्येबाट ३४ लाख ३३ हजार २ सय ५० रुँपैया खर्च भएको युथ नेपालका कार्यवाहक अध्यक्ष मोहनकुमार यादवले जानकारी दिए ।
उनका अनुसार टिकट बिक्रि वापत सर्वाधिक २१ लाख २ हजार ५० रुँपैया, मनोरन्जनका साधनहरुबाट ९ लाख ५ हजार, स्टलहरुबाट २ लाख ५० हजार तथा अन्य रकम विभिन्न प्रायोजक र विज्ञापनबाट संकलन भएको छ ।
महोत्सवका लागि सबैभन्दा बढी महोत्सवमा आयोजित साँस्कृति कार्यक्रमका कलाकारहरुमा खर्च भएको जनाउँदै उनले साँस्कृतिक कार्यक्रममा सहभागि हुन आएका कलाकारहरुको पारिश्रमिक, वासआवास, खाना, लज भाडा, गाडी भाडा लगायतको कार्यमा १४ लाख ५० हजार खर्च भएको बताए ।
यस्तै स्टेज निर्माण, साउण्ड सिस्टम, विद्युत, स्वमसेवक परिचालन, इन्धन, टेन्ट, प्रचारप्रसार तथा जाजरकोटका भुकम्प पीडितलाई सहयोगमा गरि कुल ३४ लाख ३३ हजार २ सय ५० रुँपैया खर्च भएको जनाइएको छ ।
यसैगरि सवा दुई वर्षअघि शिलान्यास गरेर पनि निर्माण कार्य अझै सुरु नभएको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अविलम्ब सुरु गर्न माग गर्दै दोश्रो चरणमा आन्दोलन कार्यक्रम समेत सार्वजनिक गरेको छ । यसअघि प्रथम चरणमा साताव्यापी आन्दोलन सम्पन्न भएपछि थप दबाबका लागि दोश्रो चरणको आन्दोलन घोषणा गरिएको छ ।
घोषित दोश्रो चरणको आन्दोलन कार्यक्रम अनुसार प्रतिष्ठान निर्माणका लागि थप दबाब दिन २० मंसिरदेखी २३ मंसिरसम्म जिल्लामा हस्ताक्षर संकलन अभियान चलाइने छ । त्यसबाट पनि सरकारले प्रतिष्ठान निर्माणको कार्य अघि नबढाए तेश्रो चरणमा आन्दोलनका थप सशक्त कार्यक्रमहरु घोषणा गरिने सप्तरी युथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ