News Category 2080/08/20
राजविराज नगरपालिकाको न्यायिक समितिबाट एक सय १७ वटा मुद्दा फछ्र्यौट
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
राजविराज नगरपालिकाको न्यायिक समितिले एक वर्षको अवधिमा १ सय १७ वटा मुद्दा फछ्र्यौट गरेको छ ।
विगत एक वर्षदेखि कार्यवाहक नगरप्रमुखको जिम्मेवारी समेत बहन गर्दै आएकी उपप्रमुख इसरत परवीनको नेतृत्वको न्यायिक समितिले आर्थिक वर्ष २०७९÷०८० मा परेको तथा जिम्मेवारी सरेर आएको मुद्दा मध्ये १ सय १७ मुद्दाकोे टुंगो लगाएको हो ।
फछ्र्याैट गरिएका मध्ये सर्वाधिक जग्गा किचलो तथा घरेलु हिंसाको रहेको तथा त्यसपछि महिला हिंसा, लेनदेन, ठगी, शान्ति सुरक्षा, साधसीमाना, कुटपीट, घरायसी लगायतका मुद्दा रहेको न्यायिक समितिकी संयोजक एवं कार्यवाहक नगरप्रमुख परवीनले बताइन् ।
समितिमा जिम्मेवारी सरेर आएको १ सय १७ तथा आ.ब. २०७९÷८० मा परेको ६६ गरी कुल १ सय ८३ मुद्दा रहेकोमा १ सय १७ मुद्दाको फछ्र्याैट गरिएको, ६ वटा अदालत पठाइएको तथा ६० वटा फछ्र्यौट प्रक्रियामा रहेको न्यायिक समिति मुद्दा फाँटका प्रमुख रामचन्द्र दासले जानकारी दिए ।
यस्तै चालु आ.ब. २०८०÷८१ को हाल सम्मको अवधीमा न्यायिक समितिमा थप २३ वटा मुद्दा दर्ता भएको छ । आ.ब. २०८०÷०८१ मा सरेर आएको ६० र नयाँ दर्ता भएको २३ गरी कुल ८३ वटा मुद्दा फछ्र्यौट प्रक्रियामा लगीसकेको समेत उनले जानकारी दिए ।
समितीमा परेको अधिकाँश मुद्दा स्थलगत रुपमा गएर तथा पक्ष विपक्षलाइ कार्यालयमा बोलाएर पनि छलफलको माध्यमबाट छिनोफानो गरिएको कार्यवाहक नगरप्रमुख एवं न्यायिक समितीका संयोजक परवीनको भनाई छ ।
आफ्नो प्रयासबाट निरुपण नभएका ६ वटा मुद्दा अदालत पठाइएको उनले जानकारी दिदै कतिपय ऐन कानुनका नजानेका कुरा नगरपालिका कै कानुन व्यवसायीसंगै सल्लाह लिने गरेपछि मुद्दा टुंग्याउन सजिलो भएको बताइन ।
उनकै संयोजकत्वमा गठित तीन सदस्यीय न्यायिक समितीमा नगरपालिकाको वोर्डले मनोनित गरेको वडाध्यक्षबाट उदित नारायण यादव र वडा सदस्यबाट जीवछी देवी मंडल सदस्य छन् । यस्तै समितिको न्याय सम्पादन कार्यमा वरिष्ठ अधिवक्ता शिव कुमार चौधरी र रमेश साफीले सघाउने गरेको उनले बताइन् ।
नगरप्रमुख भीमराज यादव माथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक निर्माण कार्यमा आर्थिक अनियमितता गरेको आरोपमा विषेश अदालतमा आरोपपत्र दायर गरेपछि उनी हाल निलम्बित अवस्थामा छन् । जसकारण उपप्रमुख परवीनको मुख्य जिम्मेवारीमा रहेको न्यायिक समिति संगै कार्यवाहक नगर प्रमुखको जिम्मेवारी समेत थपिएको छ । दुबै जिम्मेवारीलाई आफ्नो क्षमताले भ्याए सम्म पुरा गरिरहेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ