News Category 2080/08/24
राजगढ गाउँपालिका आफ्नै भवनमा
दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
सप्तरीको राजगढ गाउँपालिका आइतबार आफ्नै भवनमा सरेको छ । गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले एक समारोहबीच रिवन काटेर आफ्नो पालिका भवनको उद्घाटन गर्दैै आफ्नै भवनमा सरेको हो ।
पूर्व गाउँपालिका अध्यक्ष परमान्द यादवले उक्त भवनका लागि वडा नं. ३ मा ५ कठ्ठा १४ धुर जग्गा दिएका थिए । ११ कोठाको दुई तल्ले भवन ५ करोड ५० लाख लागतमा तयार भएको गाउँपालिकाका इन्जिनियर अजय यादवले जानकारी दिए ।
तुलसी भक्त कन्स्ट्रक्सनले उक्त भवनको टेन्डर पाएको २ वर्ष ६ महिनामा पुरा गरेको र डिपिआर ४ तल्लेको भए पनि तत्काल गाँउपालिकाले दुई तल्लाको मात्रै टेन्डर गरेको उनले बताए ।
भवन उद्घाटन समारोहमा गाउँपालिकाको उपाध्यक्ष रेणु कुमारी मण्डल, ६ वटै वडाका वडा अध्यक्षहरु, कर्मचारी, राजनीतिकर्मी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ