News Category 2080/08/24
चार बुँदे माग राख्दै हरवा चरवाले प्रर्दशन गर्दै बुझाए ज्ञापनपत्र
दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
सप्तरीका हरवा चरवाहरुले विभिन्न चार बुंदे माँग अघि सार्दै आईतवार राजविराजमा प्रर्दशनसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर जिल्ला हरवा चरवा अधिकार मञ्चको अगुवाइमा सो प्रर्दशन तथा ज्ञापन पत्र बुझाइएको हो ।
मञ्चका जिल्ला अध्यक्ष देवलाल रामद्वारा प्रमुख जिल्ला अधिकारी किरण थापालाई बुझाइएको ज्ञापन पत्रमा हरवा चरवाको लगत, प्रमाणिकरण र परिचय पत्र वितरण प्रकृया अविलम्ब थालनी गर्न, सरकारद्वारा बजेट तय गरिएको हरवा चरवा लक्षित कार्यक्रममा हरवा चरवाको पहुँचको सुनिश्चितता गर्न तथा हरवा चरवाको यकिन तथ्याङ्कको आधारमा भुमि, आवास, शिक्षा, सिप, विकास र स्वास्थ्यमा पहुँचको वातावरण सुनिश्चित गर्न माँग गरिएको छ ।
उठीवास हुने अवस्था तत्काल बन्द गरी उनीहरुको नाममा रहेको सम्पुर्ण ऋण खारेज, श्रम अनुसारको ज्याला निर्धारण, सुरक्षित वास र परिवार जनसंंख्याका आधारमा जग्गा सहित पुनः स्थापित गराईनु पर्ने माँग उनीहरुले गर्दै आएका छन् ।
यस्तै प्रदेश र स्थानीयतहबाट संंचालन हुने विपन्न र गरिब लक्षित कार्यक्रममा हरवा चरवालाई प्राथमिक्ता र विगतमा हरवा चरवा संग सरकारद्वारा गरिएको सहमती प्रभावकारी कार्यान्वयनको समेत ज्ञापन पत्र मार्फत माँग गरिएको छ ।
ज्ञापन पत्र बुझाउनु अघि आइतवार नै गरिएको पत्रकार सम्मेलनमा हरवा चरवा अधिकार मञ्चका जिल्ला अध्यक्ष देवलाल रामले हरवा चरवा लक्षित कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि वास्तविक हरवा चरवाको पहिचान, लगत, प्रमाणिकरण तथा परिचय पत्र वितरण कार्य अविलम्ब सूरु गर्न माँग गरे ।
पत्रकार सम्मेलनमा हरवा चरवा मञ्चका केन्द्रीय महासचिव लागेन्द्र राम, केन्द्रीय सदस्य सुमित्रा देवी खंग, श्रीर्पुराज सामुदायीक विकास केन्द्रका अध्यक्ष चतुरनारायण चौधरी, टीम लिडर विनोदानन्द चौधरी, दलित चेतना संगमका अध्यक्ष राम लखन राम, कार्यक्रम संयोजक प्रेम कुमार विश्वकर्मा लगायतले पनि बोल्दै हरवा चरवालाई थातथलो सहित उत्थान र स्वरोजगारको व्यवस्था गर्न सरकारसँग माग गरे ।
हरवा चरवा लक्षित कार्यक्रम प्रभावकारी रुपमा संचालनका लागी बास्तबिक हरवा चरवाको पहिचान आवश्यक रहेकोमा जोड दिदै उनीहरुले यसो नभए लक्षित कार्यक्रममा हरवा चरवाको पहुँच नहुने र टाठाबाठाहरुले मात्र लाभ लिन सक्ने अवस्था आउने समेत जनाएका छन् ।
सन २०१३ मा आइएलओले गरेको अध्ययन अनुसार मुलुकका विभिन्न जिल्लामा गरी झण्डै १ लाख ५० हजार हरवा चरवा रहेका छन् । पुस्तौदेखि अरुको जग्गामा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका उनीहरु साहु महाजनको खेतवारीमा काम गर्ने र वस्तुभाऊ चराएपछि पाईने न्यून मजदुरीले जहान वालबच्चालाई एक पेट खुवाउन समेत कस्ट झेलिरहेको हरवा चरवाको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/10 लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
- 2081/08/09 निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ