News Category 2080/08/27
एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
सप्तरीमा बैदेशिक रोजगारको सिलसिलामा एक हजार ८ सय ७१ जना ठगीमा परेका छन् ।
राजबिराज नगरपालिका आयोजना तथा श्रम तथा यातायात मन्त्रालय र सामी÷हेल्भेटास नेपालको सहयोगमा सुरक्षित बैदेशिक रोजगारका लागि प्रदेश र स्थानिय सरकारबीच अन्तरक्रिया कार्यक्रममा उक्त संख्यामा ६ वर्षको अवधीमा ठगीमा परेको जानकारी दिइएको छ ।
बैदेशिक रोजगारमा ठगीमा परेका १ हजार ८ सय ७१ जनाले आप्रवासी स्रोत केन्द्रमा उजुरी गरेका मध्ये ७ सय ६० जनाको समस्या समाधान गरिएको सामी÷ हेल्भेटास नेपालका सुशासन संयोजक कमल बहादुर रोकायले बताए ।
उनले भने ६ बर्षमा १६ करोड ९० लाख ६१ हजार ५५ रूपैया क्षतिपुर्ति दिलाएको उनले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी सिरहामा ९ सय २० समस्या मध्ये ४ सय २४ जनाको समस्या सामाधान गरिएको छ भने २१ करोड ५३ लाख ६२ हजार ५ सय ६२ रूपैया क्षतिपुर्ति दिलाउन सफल भएको जनाइएको छ ।
कार्यक्रममा सामी÷हेल्भेटास नेपालका प्रदेश प्रबन्धक बिजय ठाकुरले बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, उपलब्धीमूलक बनाउन र ठगी मुक्त बनाउन सबैको दायित्व रहेको जिकिर गरे ।
आप्रवासी हकहित संरक्षण केन्द्रका प्रदेश संयोजक जितेन्द्र सिन्हाले सरकारले एजेन्ट खारेज गर्ने तर हरेक गाउगाउमा एजेन्टहरूको बिगबिगी र ठगी बढेको बताउदै बैदेशिक रोजगारका लागि सुरक्षित बनाउन स्थानिय सरकार गम्भिर गम्भीर बन्नुपर्नेमा जोड दिए ।
उक्त अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंह र राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविनले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ