News Category 2080/08/30
हरेराम, हरेकृष्णाले राजविराज गुञ्जयमान
राजविराज÷श्री जगन्नाथ रथ यात्राको क्रममा शनिवार राजविराज हरेराम हरेकृष्णा नाराले गुञ्जयमान भएको छ ।
चार दिवसीय जगन्नाथ रथ यात्रामा महामहोत्सवको अन्तिम दिन निकालिएको रथयात्रमा सहभागी हजारौ भक्तजनले नाचगान गर्दै लगाएको हरेराम, हरेकृष्णको नाराले नगरलाई गुञ्जयमान बनाएको हो ।
झण्डै १५ हजार भन्दा बढी भक्तजनको सहभागितामा जगन्नाथ रथयात्रा महामहोत्वसव आयोजक समिति सप्तरीको अगुवाईमा स्थानीय लक्ष्मी नारायण राधा कृष्ण मन्दिर प्रागंणबाट निस्केको रथयात्रा नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
रथयात्रामा आपसी सदभावको उदाहरण प्रस्तुत गर्दै फरक धर्म मुस्लिम समुदायकी राजविराज गरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन पनि सहभागी भईन ।
हिन्दू धर्मावलम्बीहरुले रथयात्राको आयोजना गरेपनि आफ्नो सबै धर्म प्रति उत्तिकै सम्मान र सदभाव रहेकोले उक्त धार्मिक यात्रामा सहभागी भएको र यसले हिन्दु–मुस्लिमबीचको सम्बन्ध अझै प्रगाढ बनाउने उनले विश्वास ब्यक्त गरिन ।
धार्मिक दृष्टिकोणले रथयात्रा निकै महत्वपुर्ण मानिएको तथा यसबाट विश्वशान्ति तथा मानव कल्याण हुने विश्वस गरिएको आयोजक समितिका संयोजक हितेश यादवले बताए । चार दिवसीय महात्वस कार्यक्रम अन्र्तगत यस अघि तीन दिन सम्म स्थानीय लक्ष्मी नारायण राधाकृष्ण मन्दिरमा भारत मथुराका कथाबाचक रामानुजदा दास जी महाराजद्वारा प्रवचन, भजनसन्ध्या, विषेशपुजा लगायतका धार्मिक कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ