News Category 2080/09/02
राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता हुने
दैनिक समाचारदाता
राजविराज, २ पुस ।
लोप हुँदै गएको लोक नृत्यलाई सम्वद्र्धन र संरक्षण गर्ने उद्देश्यले राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता २०८० हुने भएको छ ।
सप्तरी कलाकार संघ नेपालले आयोजना गर्न लागेको सो लोक नृत्य माघ ६ गते राजविराजस्थित शिवशंकर सिनेमा हलमा हुने आयोजक संस्थाका अध्यक्ष रिन्जन कुमार शर्माले जानकारी दिएका छन् ।
उक्त लोक नृत्यमा सामुदायिक विद्यालय, संस्थागत विद्यालय, विभिन्न संघ संस्था लगायतले सहभागिता जनाउने उनले बताए । मैथिली लोक नृत्य अन्तरगत झिझिया लोक नृत्य, समाचकेवा लोक नृत्य, डोम कक्ष नृत्य, सरस्वती बन्दना नृत्य र जाटजाटिन लोक नृत्य तथा नेपाली र थारु भाषाका लोक नृत्यहरुलाई प्राथमिकतामा राखिएको छ ।
यस प्रतियोगिताका लागि पुस २ गतेदेखी २१ गतेसम्म आवेदन फारम खुल्ला गरिएको तथा प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, दोश्रो हुनेलाई ५० हजार तथा तेश्रो हुनेलाई २५ हजारका दरले पुरस्कार समेत प्रदान गरिएको संस्थाका अध्यक्ष शर्माले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ