News Category 2080/09/05

मालपोत प्रमुखमा केशव झालाई जिम्मेवारी दिइयो

दैनिक समाचारदाता

मालपोत प्रमुखमा केशव झालाई जिम्मेवारी दिइयो

दैनिक समाचारदाता
राजविराज, ५ पुस ।

    भुमिसुधार तथा मालपोत कार्यालय राजविराजमा एक हप्ता अघि अधिकृतको रुपमा सरुवा भई आएका केशव कुमार झालाई बिहीबारदेखी कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ । 
    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिहीबार उनको नाउँमा कार्यालय प्रमुख तोकिएको भन्दै पत्र पठाएको छ । 
    “अर्को व्यवस्था नभएसम्मको लागि मालपोत कार्यालय राजविराज सप्तरीको कार्यालय प्रमुखको हैसियतले दैनिक, प्रशासनिक तथा आर्थिक लगायत सम्पूर्ण अधिकार प्रयोग गर्नेगरी कामकाज गर्न कार्यालय प्रमुखको जिम्मेवारी व्यहोरा मिति २०८०÷०९÷०५ (सचिवस्तर) को निर्णयानुसार अनुरोध छ” पत्रकार उल्लेख गरिएको छ । 
    प्रमुखको जिम्मेवारी पाएपछि उनले विगतदेखी कार्यालयमा देखिएका विभिन्न खाले समस्यालाई समाधान गर्नेतर्फ पहल थाल्ने प्रतिबद्धता जनाए । 
    यसअघिका कार्यालय प्रमुख शिवशरण पण्डितको गत कार्तिक १५ गते नै जिल्ला प्रशासन कार्यालय रौतहटमा पदस्थापन भइसकेको छ । तर, उनले रमाना नलिई झण्डै डेढ महिना भन्दा बढी समयदेखी मालपोत कार्यालय राजविराजको प्रमुख भएरै कामकाज गरिरहेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट