News Category 2080/09/08
प्रतिष्ठानको काम यथासिघ्र अघि बढाउन सक्रिय रुपमा लागेको छु ः जसपा अध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अलपत्र अवस्थामा रहेको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम यथासिघ्र अघि बढाउन आफु सक्रिय रुपमा लागेको बताएका छन् ।
प्रतिष्ठानको निर्माण कार्य सूरु गर्न माँग गर्दै आन्दोलनरत सप्तरी यूथ नेपालका प्रतिनिधीहरुसंग आईतवार राजविराजमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
अढाई वर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको प्रतिष्ठान हाल सम्म निर्माण कार्य सुरु नगरी अलपत्र अवस्थामा छाडिएको छ ।
“सूरुमा जग्गा प्राप्ती मै धेरै समय लाग्यो, विभिन्न झमेलाहरु प्नि आए, अध्यक्ष यादवले भने–ती सबै चुनौती पार गरेर अघि बढ्दा पनि विभिन्न कारणले प्रतिष्ठानको निर्माण कार्यले गति लिन पाएनन् ।”
एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुष १६ गते मन्त्रिपरिषदको बैठकले मधेश प्रदेशको राजविराजमा रामराजा स्वास्थ विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । त्यति बेला अध्यक्ष यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रि थिए ।
यसै क्षेत्रबाट जितेका कारण प्रतिष्ठान राजविराजमा स्थापना गर्न उनले ठूलै भुमिका खेलका थिए । फलस्वरुप २०७८ साल जेष्ठ २१ गते मन्त्रिपरिषदको बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलमा ६२ बिगहा जग्गा प्रतिष्ठानको नाममा उपलब्ध गराउनुका साथै २०७८ असार २२ गते तत्कालिन प्रधानमन्त्रि केपी शर्मा ओलीबाट भर्चुअल माध्यमबाट सिलान्यास कार्य समेत सम्पन्न गराइएको थियो ।
तर हाल सम्म निर्माण कार्य भने अघि बढ्न सकेको छैन । हाल निर्वाचन क्षेत्र परिवर्तन गरी बारा पुगे पनि सप्तरीमा आफुले सूरुआत गराएको योजनाहरु पुरा गराउन अहिले पनि पुर्ण प्रतिबद्धताका साथ लागि पर्ने सप्तरी यूथ नेपालका प्रतिनिधी मण्डल समक्ष उनले प्रतिबद्धता जनाए ।
सो क्रममा पत्रकारहरुद्वारा पार्टीमा देखिएको आन्तरिक विवाद बारे राखिएको जिज्ञासमा अध्यक्ष यादवले विवाद देखिनु समान्य कुरा हो भन्दै त्यसलाई आपसी छलफलबाट टुङग्याइने जवाफ दिए ।
सप्तरी युथ नेपालको प्रतिनिधी मण्डलमा कार्यवाहक अध्यक्ष मोहन कुमार यादव, आन्दोलन परिचालन समितीका संयोजक सत्येन्द्र कुमार यादव लगायतको सहभागिता रहेको जसपा सप्तरीको प्रचार प्रसार डेस्क प्रमुख उपेन्द्र प्रसाद साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ