News Category 2080/09/09
खुल्ला सीमा नेपालका लागि वरदान ः वरिष्ठ नेता महतो
दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
पूर्व उपप्रधानमन्त्री एवं लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत खुल्ला सीमा नेपालीहरुका लागि वरदान भएको भन्दै यसको सदुपयोग गर्नुपर्ने बताए छन् ।
नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित “राजविराज–कुनौली सीमा” विषयक अन्तर सम्वाद कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ नेता महतोले यस्तो बताएका हुन् ।
“खुल्ला सीमा नेपालीहरुका लागि वरदान हुन, उनले भने–तर यसको दुरुपयोग र वरदानलाई अभिसाप बनाउने कार्यमा संलग्नहरुको पहिचान गरेर अघि बढ्नु पनि उत्तिकै जरुरी छ ।”
नेता महतोले नेपाल–भारतबीच विद्यमान जनस्तरको सम्बन्धलाई व्यापक र प्रगाढ बनाउने दिशामा सबै मिलेर अगाडी बढ्नु पर्नेमा जोड समेत दिए । उनले नागरिक स्तरमा आइपर्ने बाधा, अवरोध र विभिन्न खाले समस्या समाधानका लागि सीमावर्ती क्षेत्रमा साझा सहकार्यको औचित्य बढेर गएको बताए ।
नेपाल–भारतबीचका व्यवसायिक, आर्थिक, साँस्कृतिक, सामाजिक लगायत विभिन्न सम्बन्धमा केही त्रृटी भए मिलेर समाधान खोजि सम्बन्धलाई थप उचाईमा पु¥याउनु पर्ने उनको जोड थियो । उनले सीमाञ्चल क्षेत्रमा अवस्थित राजविराजमा सक्रिय नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहको भूमिका अत्यन्तै गहन रहेको चर्चा गर्दै आगामी दिनहरुमा यसले दुई देशबीच कुनै समस्या आए समाधानका लागि थप भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे ।
भारतको कुनौली ब्लकका प्रमुख एवं नागरिक अगुवा अरबिन्द गुप्ताले दुई मुलुकको जनताको हित र चाहना बमोजिम नेपाल–भारत सम्बन्ध कायम हुनपर्छ भन्दै आपसी सम्बन्ध तथा कुटनीतिक पहलको आधारमा दुई मुलुकबीच देखिएका समस्याहरुको सम्बोधन हुनुपर्ने धारणा राखे ।
उनले तिलाठीस्थित राजविराज भन्सार कार्यालयको नाक सामुन्ने रहेको भारतीय बजार कुनौली जोड्ने मार्गमा पुल नहुँदा दुबै देशका नागरिकले पीडा भोग्नु परिरहेको सुनाउँदै समस्या समाधानका लागि नेपाल–भारत मैत्री पुल निर्माण गर्न दुबै देशका नागरिकले आ–आफ्नो सरकारको ध्यानाकर्षण गराउनु पर्ने आवश्यकता औल्याए ।
पूर्वमन्त्री उमेश कुमार यादवले दुबै मुलुकले एक अर्काको संवेदनशिलता बुझेर अगाडी बढ्नु पर्नेमा जोड दिँदै नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहले चलाएको अभियानमा आफ्नो सदा साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।
आयोजक संस्थाका अध्यक्ष गजेन्द्र कुमार मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वसांसद चन्द्रकान्त चौधरी, समूहका केन्द्रिय संयोजक राजिव झा, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, वरिष्ठ पत्रकार अनिलकुमार अनल, लोसपाका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, जसपाका जिल्ला अध्यक्ष केदार यादव, काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साह, माओवादी केन्द्रका बिनोद कुमार यादव, हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर बिरेन्द्र माझी, राजविराज नगरपालिकाका पूर्वमेयर शैलेश चौधरी, शम्भुप्रसाद यादव, महिला नेतृ साधना झा, रमिला साह, नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव, सेभ द सप्तरीका अध्यक्ष ध्रुब देव लगायतले पनि खुल्ला सीमाना नेपाल–भारत सम्बन्धको विशिष्ट पक्ष रहेको चर्चा गर्दै यसबाट दुबै मुलुक थप लाभान्वित हुनुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले वर्तमान परिवेशमा नेपाल–भारत सम्बन्ध दुबै मुलुकको विकास, समृद्धी तथा सुरक्षाको आधारमा अगाडी बढ्नु पर्ने धारणा व्यक्त गर्दै यसका लागि नेपाल र भारत मिलेर बढ्नु पर्ने सुझाव समेत दिए । वक्ताहरुले सदिऔंदेखी कायम रहेको नेपाल–भारतबीचको साँस्कृतिक, सामाजिक र राजनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन र भइरहेका कमीकमजोरी सच्याउन आ–आफ्नो अनुभव र धारणासहित सुझाव पनि दिएका छन् ।
कार्यक्रममा लेखक सन्तोष मेहताद्वारा प्रस्तुत कार्यपत्रलाई आधार बनाएर ब्यापक छलफल गरिएको थियो । कार्यक्रममा आयोजक संस्थाका सचिव निरज मुक्तिले अतिथिहरुको स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ