News Category 2080/09/10
मधेशी दललाई सत्ता छोडेर आन्दोलनमा आउन लोसपाका वरिष्ठ नेता महतोको आह्वान
दैनिक समाचारदाता
राजविराज, १० पुस ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का बरिष्ठ नेता राजेन्द्र महतोले मधेश केन्द्रित दलहरुलाई सत्ता छोडेर आन्दोलनमा होमिन आह्वान गरेका छन् ।
मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले पहिचान र अधिकारका लागि भएको मधेश आन्दोलनलाई राज्यले आपराधिक घटनाको संज्ञा दिएको भन्दै सत्तामा रहेका मधेशवादी दलहरुले सरकार छोडेर आन्दोलनमा आउनु पर्नेको विकल्प नरहेको बताए ।
मधेश आन्दोलनको अगुवाई गर्दै आएका महोत्तरीबाट निर्वाचित प्रदेश सभा सदस्य अभिराम शर्मालगायतलाई महोत्तरी जिल्ला अदालतले आजिवन कारावासको फैसला सुनाएको भन्दै उनले पहिचान र अधिकारकालागि लडेका योद्धामाथि यस्तो सजाय सुनाउनाले राज्यपक्षले नै मधेश आन्दोलनलाई अपराधको करार दिएको साबित हुन पुगेको जिकिर गरे ।
काँग्रेस, माओवादी, एमाले लगायतका दलहरुले विगमा गरेको आन्दोलनमा पनि नागरिक तथा प्रहरीको ज्यान गएको भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता महतोले मधेश आन्दोलनमा लागेका माथि आजिवन कारावासको सजाय सुनाउँदा पनि मधेशबादी दलहरु सत्तामा टाँसिएर बस्नुको औचित्य नरहने टिप्पणी गरे ।
उनले भने, “ती दलहरुले गरेको आन्दोलन चाहिँ राजनीतिक हुने अनि अधिकार र पहिचानका लागि भएको मधेश तथा थरुहट आन्दोलन चाहिँ आपराधिक ? महतोले प्रश्न गर्दै भने, यो एकल जातिय राज्यको नश्लवादी चिन्तन भएकोले हामीहरुलाई त्यो कदापि स्वीकार्य हुन सक्दैन ।”
मधेशका लागि स्थापित लोसपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले सत्ता त्यागेर आन्दोलनमा उत्रनु बाहेकको विकल्प नरहेको बताउँदै नेता महतोले भने, सत्तामा टाँसिएर बसिरहने समय होईन, अब सरकार छाडेर बाँकी अधिकार प्राप्तिका लागि समेत आन्दोलनमा उत्रनु अपरिहार्य भईसकेको छ ।
आफ्नो पार्टी समेत आन्दोलनमा लागेका नेता कार्यकर्तामाथि आजिवन कारावासको सजाय सुनाउँदा पनि सत्तामा बसिरहेको प्रति असन्तुष्टी जनाउँदै उनले यस्तै रबैया कायम रहे आफ्नै नेतृत्वमा मेचीदेखि महाकालीसम्मको दौडाहा गरी जनतालाई आन्दोलनमा उतार्ने चेतावनी दिए । यद्यपी छुट्टै पार्टी गठन गर्ने समय चाहिँ आईनसकेको उनको कथन थियो ।
मधेश आन्दोलन आफूलगायत उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र राय यादव, अनिल झा, शरतसिंह भण्डारी, राजकिशोर यादव लगायतको नेतृत्वको सात मधेशवादी राजनीतिक दलको सहभागितामा भए पनि यति बेला उनीहरु सत्तामा नै बसिरहेको प्रति महतोले असन्तुष्टी जनाए ।
पत्रकार सम्मेलनमा लोसपाका जिल्ला अध्यक्ष सुनिल झा, केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, गजेन्द्र कुमार मण्डल, राजविराजका पूर्व मेयर शम्भुप्रसाद यादव लगायतको पनि उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ