News Category 2080/09/11
अमाहाका कृषक समूहले वर्षेणी लाखौ आम्दानी गर्दै

दैनिक समाचारदाता
राजबिराज, ११ पुस ।
सप्तरीको खडक नगरपालिका ५ अमाहाका कृषक समुहले तरकारी खेतीवाट बार्षिक लाखौ आम्दानी गर्दै आएका छन् । अमाहा टोलका रामजानकी कृषक समुहका १८ सदस्यहरूले तरकारी खेतीले बार्षिक ५० हजार देखि २ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।
समूह सदस्य सुनिता चौधरीका अनुसार बस्तीका रहेका २ सय जना परिवारको दिनचर्या तरकारी खेतीबाटै हुने गरेको छ । समुहका सदस्यहरूले गरेको बचतबाट घरपरिवार र बालबालिकाहरूको पठनपाठनमा खर्च हुने गरेको समुहका अर्की सदस्य मानकी राम बताउछिन ।
सबल नेपालद्वारा संचालित समुन्नति कार्यक्रम अन्तर्गत उक्त समुहलाई संस्थाले संयुक्त रूपमा समुहलाई लिजमा खेत उपलब्ध गराईदिएपछि उनीहरूको जीवनमा परिवर्तन हुँदै गएको हो ।
उक्त समुहको सामुहिक खेती अन्तर्गत काउली, भाण्टा, खुर्सानी, टमाटर जस्ता तरकारी खेतीवाट बार्षिक २ लाख ५० हजार बराबरको आम्दानी गरेको समुहका सदस्य रामकुमारी सदाले बताईन । सामुहिक खेती गर्न सिचाई र घेरबेर नहुदाँ खेती गर्न जोखिम रहेकोले सिचाई र घेरबेरको ब्यबस्था गरिदिन समुहका सदस्य रोशन खातुनले सम्बन्धित निकायसँग आग्रह गरेकी छिन ।
बुधवार खडक नगरपालिका परियोजना सल्लाहाकार समितिद्वारा गरिएको संयुक्त अनुगमन टोलीका संयोजक मेयर जयप्रकाश चौधरीले कृषक समुहको समस्या सिचाईको ब्यबस्थापन र घेरबेर चाडै गरिदिने र एकै ठाउमा खेती योग्य जग्गा उपलब्ध गराईदिने प्रतिबद्धता गरे ।
सो अनुगमन टोलीले खडक नगरपालिका ५ स्थित राप्राबि खरचुहियामा खानेपानी धाराको जडान र रङ्गरोगनको गरिएको अवस्था बारेमा तथा बालविकास केन्द्र व्यवस्थापन, सिकाइ उपलब्धि मूलक रहेको शिक्षा शाखा प्रमुख बिरेन्द्र यादबले बताए ।
त्यस्तै यसैगरी नगर प्रमुख चौधरी सहितका टोलीले खडक नगरपालिका ९ स्थित बजराहीगुढीमा संचालनमा रहेको बर्थिङ सेन्टरको निरिक्षण गरेको छ भने सो संचालन गर्न सबल नेपालले सहयोग गरेको सामग्रीहरूको समेत जानकारी लिएको थियो ।
खडक नगर प्रमुख चौधरीले बर्थिंङ सेन्टर संचालन र नियमित बनाई समुदायमा बिश्वासको वातावरण बनाउन स्वास्थ चौकी बजराहीगुठीलाई निर्देशन दिए ।
यसैगरी नगरपालिकाको ६ स्थित मदरसा रहमानियाँको निरिक्षण गर्ने क्रममा बिधार्थी अनुपातमा शिक्षकको अभाव रहेकोले बिधालयमा शिक्षकको ब्यबस्था गर्दिन नगर प्रमुखसँग माँग गरे ।
टोलीमा खडक नगरपालिका वडा ६ का मोहम्मद कमालउद्विन, वडा ८ का बिन्दुलाल चौधरी, वडा २ का हरेराम मण्डल, स्वास्थ शाखा प्रमुख दिनेश झा, शिक्षा शाखा प्रमुख बिरेन्द्र यादब, प्रशासन प्रमुख रमाकान्त चौधरी, वडा ४ का वडा सदस्य राजेन्द्र चौधरी, सबल नेपालका कार्यक्रम संयोजक रोशन मण्डल, फिल्ड अफिसर राधेश्याम राम, अर्चना यादब लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ