News Category 2080/09/15
उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी
दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
कानुन व्यवसायीहरुको साझा संगठन उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा लोकतान्त्रिक कानून व्यवसायी समूहका कानुन व्यवसायी हरेराम यादव बिजयी भएका छन् । उनी प्रगतिशिल पेशागत समावेशी कानून व्यवसायी समुहका तर्फबाट उम्मेदवार बनेका बलराम सिंहलाई १७ मतले पराजित गरि बिजयी भएका हुन् । अध्यक्ष यादवले १ सय ३ मत ल्याए भने सिंहले ८६ मत प्राप्त गरे ।
शनिबार सम्पन्न निर्वाचनमा सचिव र एक सदस्य बाहेक सम्पूर्ण पदाधिकारी लोकतान्त्रिक कानून व्यवसायी समूहका निर्वाचित भएका छन् ।
लोकतान्त्रिक कानून व्यवसायी समूहबाट अध्यक्षसहित उपाध्यक्ष धमेन्द्र यादव र कोषाध्यक्षमा उमाशंकर देव निर्वाचित भए । सोही प्यानलबाट सदस्यहरुमा डा. संतोष कुमार चमन यादव, दिनेश कुमार सिंह, डा. शिव नारायण यादव, रामचन्द्र मण्डल, राज कुमार साह, नित्यदेव प्रसाद यादव, किसुन देव ठाकुर र कौशल किशोर दत्त निर्वाचित भए । यस्तै प्रगतिशिल पेशागत कानुन व्यवसायी समूहबाट सचिवमा दानो कुमारी चौधरी र सदस्यमा राजकुमार टरैत निर्वाचित भए ।
सह–सचिव पदमा भने दुबै प्यानलबाट उम्मेदवारी नपरेपछी सो पद रिक्त हुन गएको र उक्त पद पछी मनोनयन प्रक्रियाबाट पूर्ती गरिने निर्वाचन समितिले जनाएको छ ।
यसअघि केन्द्रिय पार्षद पदमा डा. देव नारायण यादव, रणधिर कुमार कर्र्ण, अशोक कुमार झा, बलविर चौधरी, बालाकृष्ण ढुंगाना, मिथलेश चन्द्र लाभ, गुञ्जेश्वर प्रसाद यादव, राम नारायण देव र भुप नारायण यादव निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिका संयोजक धिरेन्द्र कुमार यादवले जानकारी दिए ।
दुई वर्षे कार्यकालका लागी हुने एशोसिएशनको निर्वाचनमा कुल २ सय ३ मतदाता रहेकोमा १ सय ९२ मत खसेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ