News Category 2080/09/23
बालबालिका केन्द्रित फुटवल क्लिनिक सुरु
दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
बालबालिका केन्द्रीत सात दिनसम्म चल्ने फुटवल क्लिनिक सोमबारदेखी राजविराजमा सुरु भएको छ ।
पिछिडीएका समुदायका बालबालिकालाई प्रशिक्षण दिई राम्रा प्रतिभाको उत्पादन तथा उनीहरुको शारिरीक, मानसिक र बौद्धिक विकास समेत गर्ने उद्देश्यले राजविराजको राजरंगशालमा उक्त क्लिनिक संचालन गरिएको हो ।
कार्यक्रममा जिल्लाको विभिन्न विद्यालयका पिछिडीएका समुदायको ६ देखी १३ वर्ष सम्मका बालबालिकाको सहभागिता रहेको छ । उक्त प्रशिक्षण कार्यक्रममा ४० जना बालक र ४० जना बालिका गरी कुल ८० जनाको सहभागिता रहेको जिल्ला फुटवल संघ सप्तरीका अध्यक्ष राजकुमार परियारले जानकारी दिए ।
एन्फा फुटवल क्लिनिक चिल्ड्रेन नाम दिइएको उक्त परियोजना एएफसि ड्रिम एशिया फाउन्डेशन र अखिल नेपाल फुटवल संघ (एन्फा) को सहयोग तथा जिल्ला फुटलवल संघको समन्वयमा संचालनमा ल्याइएको एन्फाको ग्रासरुट विभाग प्रमुख पंकज बहादुर शाहीले बताए ।
सामाजिक उत्तरदायीत्व अन्तर्गत सप्तरीमा पहिलो पल्ट यस्तो कार्यक्रम हुन लागेको परियोजनका लागी प्राविधीक सहयोग उपलब्ध गराएको एन्फाले खेलकुद समाग्री तथा शैक्षिक समाग्री समेत उपलब्ध गराएको उनले जानकारी दिए ।
उक्त कार्यक्रममा सहभागी बाल खेलाडीहरुलाई संघका प्रशिक्षक सिताराम चौधरी, संतोष चौधरी, उज्जल सिंह सेवा र अजय श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ