News Category 2080/09/24
खेलकुदमा योगदान दिएका तीन कानुन व्यवसायी सम्मानित
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
खेलकुद क्षेत्रमा योगदान दिएका तीन जना कानुन व्यवसायीलाई मंगलबार जिल्ला खेलकुद विकास समितिले सम्मान गरेको छ ।
पुस १४ गते सम्पन्न उच्च अदालत बार एशोसिएशन राजविराजको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित हरेराम यादव तथा कोषाध्यक्ष उमाशंकर देव र सदस्य दिनेश प्रसाद सिंहलाई सम्मान गरिएको हो ।
सम्मानित मध्येका हरेराम पूर्व कराँते खेलाडी तथा कराँते महासंघ सप्तरीको वर्तमान अध्यक्ष समेत हुन् । यस्तै कोषाध्यक्ष पदमा निर्वाचित उमाशंकर देव ब्याटमिन्टम खेलाडी तथा सदस्य पदमा निर्वाचित दिनेश प्रसाद सिंह जिल्ला खेलकुद विकास समितिका पूर्व कोषाध्यक्ष हुन् ।
उनीहरुलाई जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख दिनेश भुजेलले कदर पत्र तथा दोसल्लाबाट सम्मान गरे । सम्मान ग्रहण गर्दै अध्यक्ष हरेराम यादवले स्वस्थ रहनुका साथै अनुशासनको मामिलामा खेलकुदले ठुलो सहयोग पु¥याउने भन्दै आफु कानुन व्यवसायी रहदा रहदै पनि जिल्लामा खेलकुदको विकासका लागी समेत उत्तिकै सकृय रहने प्रतिबद्धता जनाए ।
सो अवसरमा जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख भुजेलका साथै मधेश प्रदेश खेलकुद कर्मचारी संघका उपाध्यक्ष एवं कराँते प्रशिक्षक उमेश गुरुङ, खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझी, जिल्ला पुृmटवल संघका महासचिव रमेश श्रेष्ठ लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ