News Category 2080/09/25
घरको कम्पाउण्ड भित्रैबाट स्कारपियो गाडी चोरी
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
राजविराज नगरपालिका वडा नं. ९ का निवर्तमान वडाअध्यक्ष शम्भुप्रसाद यादव (लाली)को घरको कम्पाण्ड भित्रैबाट स्कारपियो गाडी चोरी भएको छ ।
मंगलबार राती घरको मूल गेटमा ताल्चा लगाई कम्पाउण्डमा राखिएको बा.१४.च. २९३५ नम्बरको स्कारपियो गाडी चोरी भएको हो ।
मंगलबार राती ८ बजेतिर घर फर्केका यादवले गाडीलाई कम्पाउण्डभित्र राखी मुल प्रवेश गेटमा ताल्चा लगाएर आराम गर्न गएका थिए । सुरक्षित साथ राखिएको गाडी बुधबार बिहान उठ्दा मात्र चोरी भएको उनले थाहा पाएको बताए ।
कम्पाउण्ड गेट र गाडीको साँचो राख्ने ठाउँ आफ्नो परिवारका सदस्य र केही गाडीका पुराना स्टाफलाई समेत जानकारी रहेकाले तीनै स्टाफ मध्ये कसैले स्कारपियो चोरेको हुनसक्ने उनको आशंका छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले गाडी चोरी भएको जानकारी आएपछि अनुसन्धान सुरु गरिएको बताउँदै लिखित रुपमै जाहेरी आएपछि थपअनुसन्धान गरिने जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
- 2082/07/07 छठ पर्वको तयारी तिब्र
- 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ